यसरी हुँदैछ प्रचण्ड र किरणको उपस्थितिमा सांस्कृतिक कार्यक्रम

काठमाडौं : शुक्रबार राजधानीको राष्ट्रियसभा गृहमा संस्कृतिक कार्यक्रमको आयोजना गरिने भएको छ । जीबन शर्मा संयुक्त संस्कृतिक साँझ नाम दिईएको कार्यक्रम इच्छुक संस्कृतिक प्रतिष्ठानले आयोजना गर्न लागेको हो ।

साँझ साढे ४ बजेबाट सुरुहुने उक्त संस्कृतिक कार्यक्रममा नेकपाका अध्यक्ष पुष्पकमल दहाल ‘प्रचण्ड’, नेकपा क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन बैद्य ‘किरण’ लगायत सरकारका मन्त्रिहरु पनि सहभागि हुने आयोजकले जनएका छन् । आयोजकका अनुसार सो संस्कृतिक कार्यक्रममा सामना र रक्तिम सांस्कृतिक परिवारका कलाकारले आफनो प्रस्तुति दिनेछन भने हाँस्य कलाकार सुबोध गौतमले हँसाउने छन ।

तत्कालिन माओबादीले स्थापना गरेको सामना र रक्तिम सांस्कृतिक परिवारले प्रस्तुत गर्ने उक्त कार्यक्रममा प्रचण्ड र किरणको उपस्थितिलाई महत्वका साथ हेरिएको छ । उता आयोजक संस्थाले भने नेतृत्वहरुको उपस्थितिमा गरिएको कार्यक्रम अरु केहि नभएर हराउँदै गएको जनवादी गित संगितको संवद्र्धन, बिस्तार र प्रचार प्रसारको लागि मात्र भएको जनाएकोछ ।

उक्त कार्यक्रममा प्रधानमन्त्रीलाई पनि निमन्त्रणा गरिएको तर वहाँको उपस्थिति हुने नहुने केहि जनाईएको छैन । स्मरण रहोस गायक जीवन शर्मा लामो समय देखि जनवादी गित संगितका क्षेत्रमा एक धरोहरका रुपमा रहेका छन ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार