मनकामनाको २१अौ साधारणसभा  सम्पन्न

सूर्योदय( कन्याम): सुर्योदय नगरपालिका कन्याममा अवस्थित श्री मनकामना दुग्ध सहकारी संस्थाले अाफ्नो २१अौ साधारणसभा  सम्पन्न  गरेको  छ ।
स्थानीय जेष्ठ नागरिक पदमबहादुर  पाख्रिनको प्रमुख अातिथ्यता तथा संस्था का अध्यक्ष  द्वारिकाप्रसाद पोख्रेलको अध्यक्षतामा सम्पन्न सभामा स्वागत मन्त्व्य प्रेमराज अाचार्यले राखेका थिए ।
जम्मा ४४लाख बराबरको अायब्यय  बिवरण प्रस्तुत भएकोमा ३९हजार खुद नाफा रहेको  देखिएको छ ।
कार्यक्रममा गणस्तरीय दुग्ध उत्पादन तर्फ  दधिराम  दर्नाल ,सरसफाइमा  ईन्द्र बहादुर भुजेल ,बर्षै भरि दुग्ध  ल्याउने कृषकमा प्रेम तामाङ  लई पुरस्कृत  गरिएको  थियो ।
 त्यस्तै पुर्ब अध्यक्ष हरु चन्द्रबहादुर मोक्तान्, याम बहादुर गिरी, ढुवानी समुहका टेकबहादुर तामाङ ,किसान बुद्ध तामाङ लगायतले संसथाको विषयमा अाफ्ना धारणा राखेका थिए ।
२०५४साल साउनमा स्थापित यश संसथाले गुणस्तरीय दुग्ध बिक्रिबितरणमा अग्रणि भूमिका खेल्दै यहाका किसानको जीवन स्तर उकास्ने काममा टेवा  पुर्याउदै अाएको छ।
कार्यक्रम संस्थाका ब्यवस्थापक वीर बहादुर भूजेलको संचालनमा सम्पन्न भएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार