बंगबन्धु गोल्डकप आजदेखिः नेपालले प्यालेस्टाईनसँग खेल्ने

  नयाँ बुलन्द  336 पटक हेरिएको

काठमाडौं : बंगबन्धु गोल्डकप फुटबलको पाँचौ संस्करण बंगलादेशमा आजदेखि सुरु हुँदैछ ।

साविक विजेता नेपालले आफ्नो पहिलो खेलमा आज ताजकिस्तानको सामना गर्नेछ ।

खेल बंगलादेशको सिलेटमा नेपाली समय अनुसार आज साँझ पौने ७ बजे सुरु हुनेछ । नेपाल रहेको समूह ‘ए’ मा ताजिकिस्तान र प्यालेस्टाइन छन् ।

नेपालले समूहको अन्तिम खेलमा यही शनिवार प्यालेस्टाईनसँग खेल्नेछ । दुई समूहका शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् ।

अघिल्लो संस्करणको फाइनलमा बहराईनको २३ वर्षमुनीको टोलीलाई हराउँदै नेपालले पहिलो पटक बंगबन्धु गोल्डकप फुटबलको उपाधि जितेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार