उपन्यास प्रचारमा नायिका सिम्खडा

इलाम : नायिका सोबिता सिंखडा आफ्नो पहिलो उपन्यास वरांगनाको प्रमोसनका लागि इलाम आउनु भएको छ । सञ्चारकर्मी अच्युत घिमिरे,  सञ्चारकर्मी निराजन भण्डारी लगायतका साथमा उहाँ उपन्यास सहित इलाम आउनुभएको हो ।

बुलबुल पब्लीकेशनले प्रकाशन गरेको यस उपन्यास माया प्रेममा समेटिएको उहाँले वताउनुभयो । बिभिन्न फिल्ममा समेत अभिनय गरि सक्नु भएकी नायिका सिम्खडा कतारमा ब्यापार गरेर केहि वर्ष उतै बस्नुभएको थियो । पछिल्लो समय पुन नेपालमा नै फर्किएर लेखन क्षेत्रमा लागेको उहाँले वताउनसभयो ।

उहाँको उपन्यास युवा पुस्ताले मन पराएको प्रतिक्रया दिने गरेको वताउँदै उहाँले पुस्तकबाट सफलता पाउने विश्वास ब्यक्त गर्नुभयो ।
गत असोज १२ गतेबाट पुस्तककै प्रमोसनका लागि देश दौडाहमा निस्किनु भएकी उहँँ केहि दिन पूर्वमा नै रहने वताउनुहुन्छ ।
उहाँँहरुलाई जिल्ला समन्वय समिति इलामका प्रमुख गणेश वराल, जिल्ला समन्वय अधिकारी झरेन्द्र बराल, साहित्यकार बिमल बैद्य, सन्तोष भक्तराज, रविन्द्र सुवेदी लगायत स्वागत गर्नुभएको थियो । कार्यक्रममा इलामका साहित्यकारहरुले साहित्य प्रस्तुत गरेर पनि स्वागत गर्नुभयो ।
२३५ पृष्ठ लामो उपन्यास लेख्न करिव ३ वर्ष लागेको उहाँले वताउनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार