झापामा चाडपर्वलाई लक्षित गरेर सुरक्षा व्यवस्था कडा

  भूमिका सुब्बा
0 Shares

झापा : जिल्ला प्रहरी कार्यालय झापाले नजिकिँदै गरेका चाडपर्वलाई लक्षित गरेर सुरक्षा व्यवस्था मजबुत बनाएको छ ।

चाडपर्वको समयमा हुन सक्ने अप्रिय घटना नियन्त्रण गर्न र सर्वसाधारणलाई पूर्ण सुरक्षाको प्रत्याभूति दिलाउन सुरक्षा व्यवस्था कडा बनाइएको प्रहरीले जनाएको छ ।

प्रहरी प्रमुख एसपी भीमप्रसाद ढकालले जिल्लाको सुरक्षा व्यवस्थालाई भरपर्दो विश्वसनीय एवं सुदृढ बनाइएको जानकारी गराएका छन् ।

जुवातास नियन्त्रण, निर्वाध सवारी आवगमन, बैंक, वित्तीय संस्थामा सादा पोशाकमा हतियारसहितको प्रहरी निगरानी, २४ सै घण्टा गाडी र मोटरसाइकल गस्ती परिचालन, कुकुरबाट चेकजाँचलगायतलाई पहिलो प्राथमिकता दिएको प्रहरीले जनाएको छ ।

दसैंको सुरक्षाका लागि सादा पोशाकमा २१ जनाको जनशक्ति परिचालन गरिएको छ ।

राजमार्ग तथा सहायक राजमार्ग क्षेत्र, शहरी क्षेत्र, मुख्यमुख्य चोक र भद्रपुर, काँकडभिट्टा, बिर्तामोड र दमक बसपार्क क्षेत्रलाई विशेष निगरानीमा राखिने प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार