जापानमा शक्तिशाली तुफानका कारण ८४ जना घाइते

काठमाडौं : जापानमा आएको चामी नामको शक्तिशाली तुफानका कारण ८४ जना घाइते भएका छन् ।

प्रतिघण्टा २ सय १६ किलोमिटरको रफ्तारमा आएको तुफानले जापानको ओशाका शहरको जनजीवन अस्तब्यस्त बनाएको छ ।

ठाउँठाउँमा रुख ढलेका छन् भने सयौं सवारीसाधनमा क्षती पुगेको अधिकारीहरुले जनाएका छन् ।

बिजुली आपूर्ति बन्द भएका कारण ७ लाख मानिस अन्धकारमा बस्न बाध्य भएका छन् ।

तुफानका कारण यातायात र हवाई सेवा समेत अबरुद्ध बनेको छ । जापानमा २५ वर्षपछि आएको यो सबैभन्दा शक्तिशाली तुफान भएको मौसमविद्हरुले जनाएका छन् ।

तुफान प्रभावितलाई सुरक्षित स्थानतर्फ सारिएको छ । तुफनका बेला घरबाट बाहिर ननिस्कन अपील गरिएको छ ।(एजेन्सी)

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार