वडादशैं लक्षित बजार अनुगमन


इलाम : नजिकिदैं गरेको चाड वडादशैंलाई लक्षित गरी जिल्ला प्रशासन कार्यालय इलामले आइतबारदेखि बजार अनुगमन सुरु गरेको छ ।
जिल्ला प्रशासन कार्यालय इलामको संयोजनमा जिल्ला प्रहरी, सशस्त्र प्रहरी, इलाम नगरपालिका, उद्योग वाणिज्य संघलगायतसँगको समन्वयमा सदरमुकामका ३० पसलमा अनुगमन गरिएको छ ।

जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत देवीचरण फुँएलको नेतृत्वमा तीनवटा मासु तथा माछा पसलसहित विभिन्न किराना पसलमा अनुगमन गरिएको हो । अनुगमनका क्रममा मासु तथा माछा पसलको सरसफाईमा ध्यान नदिएको, फ्रेस माछा भन्दा पनि धेरै दिन भएको माछा पाईएको, मुल्यसूचि नराखेको, म्याद गुज्रेका खाद्य तथा पेय पदार्थ पाईएको प्रशासकीय अधिकृत फँुएलले जानकारी दिए।
टोलिले म्याद गुज्रेका ४४ बोत्तल स्प्राइट, २७ बोत्तल कोकाकोला, मसलाजन्य पदार्थ २१ प्याकेट, पनिट १२ प्याकेट, न्युटेला ३ प्याकेट, चिउरा १ प्याकेट र विस्कुट २१ प्याकेट बरामद गरेको छ । टोलिले सम्बन्धित व्यवसायीलाई सचेत समेत गराएको छ ।

बरामद गरिएका खाद्य तथा पेय पदार्थहरु आवश्यक प्रक्रिया पूरा गरी नष्ट गरिने फुँएलले जानकारी दिनुभयो । टोलिले इलाम चोकबजार, अस्पतालरोडदेखि नारायणस्थानसम्म अनुगमन गरेको थियो ।

जिल्ला प्रशासन कार्यालयको संयोजनममा इलाम बजारसहित अन्य क्षेत्रमा समेत अनुगमन गरिने फुएलले जानकारी दिए। सुर्योेदय नगरपालिकाको फिक्कल बजार, देउमाई नगरपालिकाको मंगलबारे बजारमा समेत चाँडै अनुगमन गरी म्याद गुज्रेका, सडेगलेका र अखाद्य वस्तु बरामद गरी नष्ट गरिने उनले बताए।

जिल्ला प्रशासन कार्यालयले त्रैमासिक रुपमा बजार तथा पसलहरुको अनुगमन गर्ने गरेको प्रशासकीय अधिकृत फुँएलले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार