ताप्लेजुङबासीलाई पुनः हवाई यात्राको अवसर

ताप्लेजुङ : ताप्लेजुङबासीले पुनः हवाई यात्राको अवसर पाउने भएका छन् ।

सुकेटार विमानस्थलमा लामो समयदेखि उडान नहुँदा मर्कामा परेका ताप्लेजुङबासीका लागि समिट एयरले भोलिदेखि पुनः उडान भर्न सुरु गर्ने भएको छ ।

समिट एयरले काठमाडौं–ताप्लेजुङ उडान सुरु गर्ने जनाएको छ । मौसम खरावीका कारण गत चैतदेखि यो विमानस्थलबाट समिट एयरले उडान स्थगित गरेको थियो ।

यसअघि सोमबार र शुक्रबार गरी साताको दुई दिन उडान भर्दै आएको समिट एयरलाइन्सले तत्कालका लागि सोमबार मात्र उडान गर्ने जनाएको छ ।

तर यात्रुको चाप बढे शुक्रबार समेत उडान गर्न सकिने एयरलाइन्सले जनाएको छ । अरुन टेक एण्ड एक्सपिडिसन प्रालिको व्यवस्थापनमा उडान सुरु गर्न लागिएको हो ।

नेपाल वायु सेवा निगमले पनि यो विमानस्थलबाट लामो समयदेखि उडान भर्न सकेको छैन ।

निगमले जहाज मर्मतको काम भइरहेकाले उडान गर्न नसके नसकेको जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार