गाउँपालिका महासंघ प्रदेश १ अध्यक्षमा काफ्ले निर्वाचित

इटहरी : गाउँपालिका राष्ट्रिय महासङ्घको १ नम्बर प्रदेश समिति अध्यक्षमा ताराबहादुर काफ्ले चयन भएका छन् । कानेपोखरी गाउँपालिकाका अध्यक्ष समेत रहेका काफ्लेको नेतृत्वमा २३ सदस्यीय टोलीको नेतृत्व चयन भएको हो ।

त्यसै गरी उपाध्यक्षमा मिल्काजुङ गाउँपालिका पाँचथरकि उपाध्यक्ष उर्मिला राई र सचिवमा बर्जु गाउँपालिकाका अध्यक्ष रघुनन्दन चौधरी भएका छन्।

शुक्रवारबाट इटहरी सुरु भएको अधिवेशनको अन्तिम दिन शनिबार महासङ्घको नेतृत्व चयन गरेको हो । अधिवेशनमा प्रदेश नम्बर १ का गाउँपालिकाका साढे ३ सय प्रतिनिधि सहभागी भएका थिए ।

अध्यक्ष ताराबहादुर काफ्लेका अनुसार प्रदेशका ८८ वटा गाउँपालिकाबाट अध्यक्ष, उपाध्यक्ष तथा वडाध्यक्षमध्येबाट १ र वडा सदस्यमध्येबाट १ जना गरी ३५२ जना प्रतिनिधि अधिवेशनमा सहभागी भएका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार