थर्पुमा सोमबारदेखी साप्ताहिक हाट लाग्ने

  गोबिन्द पौडेल
0 Shares

रोङ  : रोङ गाउँपालिका वडा नम्बर ६ जिर्मलेको थर्पु बजारमा साप्ताहिक हाट पुर्नस्थापना हुने भएको छ ।

२०६० साल भदौदेखी हरेक मंगलबार लाग्ने गरेको उक्त साप्ताहिक बजार तत्कालिन समयको बिषम राजनैतिक परिस्थिति र भौतिक पूवाधार अभावको कारण करिव डेढ वर्ष पछि बन्द भएको थियो । सोह बार हर्कटेमा साप्ताहिक हाट लाग्न थालेपछि मंगलबार व्यापारीहरु हर्कटे बजारमा नै रहने भएपछि थर्पुबजार बन्द भएको थियो ।

अहिले व्यपारीहरुसँगको परामर्श र स्थानीयबासीको आवश्यक्ताको आधारमा हरेक सोमबार लाग्ने गरि आगामी असोज १५ गतेबाट हाटको शुरुआत गरिने बजार व्यवस्थापन समितिका अध्यक्ष याम चाम्लिङ्गले बताए ।

हर्कटे जिर्मले सडकले छोएको उक्त बजार हर्कटे बजारबाट ७ किलोमिटर दूरीमा रहेको छ । बजार संचालन गर्न स्थानियबासीहरु गोपीकृष्ण भण्डारी र अनन्त गुरुङ्गले तीन रोपनी जग्गा समेत निःशुल्क दिएको अध्यक्ष चाम्लिङ्गले बताए ।

अहिले सामान्य व्यवस्थापनका कार्यहरु अन्तिम चरणमा पुगेको र साविक जिर्मले, इरांैटार, कन्याम र समाल्बुङ्गका नागरिकहरुले प्रतक्ष फाइदा लिदै आएको बजारबाट आफ्नो आवश्यक्ता अनुसार सामान खरिद बिक्रि गरेर व्यवसाय प्रवर्धन गर्न समेत बजार व्यवस्थापन समितिले अनुरोध गरेको समितिका सचिव लोकनाथ भण्डारीले बताए ।

यस अघि पनि रोङ ५ को इरौटारमा लागेर बन्द भएको मुचुङ्गे बजार पुर्नस्थापित भएको छ भने रोङ २ को मंगलटारमा हरेक शनिबार र रोङ २ कै बरफल्याङ्गमा हरेक बिहिबार साप्ताहिक बजार संचालनमा आएको रोङं २ का वडाध्यक्ष टेक बहादुर तामाङ्गले बताए । थर्पु बजार संचालनमा आउदा रोङ गाउपालिका भित्र लाग्ने साप्ताहिक हाटको संख्या चार पुगेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार