रेडस्टार क्लबद्वारा इभाङमा वृक्षारोपण

इभाङ : रेडस्टार क्लब माङसेबुङ-२ ले इभाङमा वृक्षारोपण गरेको  छ ।

माङसेबुङ गाउँपालिका २ नम्बर वडा कार्यालयको सहयोगमा रेडस्टारले साविक इभाङ १ को सरकारी वनमा वृक्षारोपण गरेको हो । क्लबका सचिव टंक लिम्बूका अनुसार एक सय वटा उन्नत जातका रुद्राक्षको विरुवा रोपिएका छन् ।

वडा कार्यालयले चार किल्ला छुट्याइदिएको क्षेत्रमा क्लबका पदाधिकारीहरुले वृक्षारोपण गरेका हुन् । वनमा रहेका झाडि तथा सडेगलेका काठहरुलाई पन्छाएर आधा जंगलमा वृक्षारोपण गरिएको क्लबमा सचिव लिम्बूले जानकारी दिए । बाँकी जंगलमा समेत आगामी वर्ष वृक्षारोपण गरिने क्लबले जनाएको  छ ।

यसअघि वडा कार्यालयले वृक्षारोपण गर्नका लागि जंगल चारकिल्ला छुट्याइदिएको थियो । वृक्षारोपण कार्यक्रमका लागि माङसेबुङ गाउँपालिका २ नम्बर वडा कार्यालयले चालू आर्थिक वर्ष २०७५/०७६ बा लागि एक लाख रुपैयाँ विनियोजन गरेको थियो ।

विभिन्न सामाजिक कार्य गरी सम्मुनत समाज निर्माणमा  सहयोग पुर्‍याउने उद्देश्यले २ वर्ष अघि स्थापना भएको रेडस्टार क्लबले स्थापनादेखि नै विभिन्न सामिजक कार्यमा संलग्न छ । क्लबले यसअघि मोटरबाटो मर्मत गर्ने, सडकको नाली व्यवस्थापन गर्ने, आगलागी पीडितलाई जस्तापाता उपलब्ध गराउने, फूटबल प्रतियोगिता सञ्चालन गर्नेलगायतका कार्य गर्दै आएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार