जिर्मले : पर्यटकहरुको गन्तब्य बन्दै गएको इलाममा उत्पादन भएको सबै उपजहरुले आगन्तुकहरु ध्यान खिच्दै जादा अर्को कोशेली थपिएको छ टिम्बुर ।
बिगतका बर्षहरुमा खासै उपयोगमा नआउने र इलामे जंगलमा प्रसस्तमात्रामा पाइने टिम्बुर इलाम आउने पर्यटकहरुले खोजी गर्न थालेपछि अहिले यसको बजार बढेको हो । औषधीय गुणको खानी भनिने टिम्बुरको इलाममा ब्यबसायिक खेती नगरिने भएपनि इलामे जगलहरुमा पाइने गरेको छ । टिम्बुका बिभिन्न प्रजातीहरु भएपनि इलाममा तीन प्रकारका टिम्बुरहरु सिलटिम्बुर ,बोकेटिम्बुर र जात टिम्बु पाइने र आयुरबेदीक पद्धतीमा यीनिहरु सबैलाइ औषधिकाे रुपमा प्रयोग गरिने गरिएकाे छ ।
इलाममा उत्पादिन हुने टिम्बुर मध्ये वोके टिम्बुरको अचार खान , ग्यास्टीकको रोगीले झोल पकाएर खान र घरेलु रक्सिलाइ सुगन्ति बनाउन प्रयोग गरिने गरेको कारण खास महत्व नपाएको भएपनि अहिले इलाम आउने आगन्तुकहरुले खोजी खोजी किन्न थालेपछि किसानहरुले बोटबाट टिपेर बजार पुर्याउन थालेपछि आम्दामीको श्रोत बन्न थालेको हो ।
इलामे उत्पादन अकबरे, छुर्पी,ललीपप बेच्ने गरेका हर्कटे बजारका निर्मला रिजालको पसलमा आजकल टिम्बुर किन्न समेत मानिसहरु आउने गरेका छन् । दैनिक पाच किलो सम्म टिम्बुर बिक्ने गरेको निर्मलाले बताइन् औषधि र अचारको रुपमा नै प्रयोगको लागि टिम्बुर किनेको भन्दैे धनुसा घर वताउने रमेस यादवले भने धेरै बर्ष अघि काठमाण्डौमा मःम खादा टिम्बुरको फ्लेभर अचार खाएपछि भेटेको थिइन इलाममा पाइन्छ भन्ने थाहा पनि थिएन ।
इलामको ग्रामिण भेगहरुमा यस्ता औषधि गुणयुक्त धेरै बनस्पितिहरु भएपनि यसको संरक्षण बिकास र प्रचारप्रसारको अभावमा ओझेलमा परेको छ । यी र यस्ता बनस्पितिहरुको बिकास मात्र गर्न सकेपनि परदेशको खाडीमा मात्र हैन स्वदेशको झाडीमा पनि रोजगारी मिल्ने जानकारहरुको भनाइ रहेको छ ।