धनकुटामा प्रदेश सरकार मातहतका दुई निर्देशनालय स्थापना

धनकुटा : धनकुटामा प्रदेश सरकार मातहत दुई निर्देशनालय स्थापना गरिएको छ ।

प्रदेश सरकारले पहिलो निर्देशनालयको रुपमा सामाजिक विकास मन्त्रालय अन्र्तगतको स्वास्थ्य र शिक्षा निर्देशनालय स्थापना गरिएको हो । प्रदेश १ का मुख्यमन्त्री शेरधन राइले एक कार्यक्रमका बीच निर्देशनालयको उद्घाटन गर्नु भएको हो । साविकको पुर्वाञ्चल क्षेत्रीय शिक्षा निर्देशनालयमा शिक्षा विकास र पूर्वाञ्चल क्षेत्रीय स्वास्थ्य निर्देशनालयमा स्वास्थ्य विकास निर्देशनालय स्थापना गरिएको हो ।

धनकुटामा अन्य स्थानमा रहेका भवनको अवस्था हेरी थप निर्देशनालय स्थापना गरिने जनाइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार