इलाम :अपराध भुत्तान गर्ने कारागारहरुमा क्षमता भन्दा बढि कैदी राख्ने देखि खानेपानी, सौचालय, स्वास्थ लगायतका आधारभुत कुरामा पनि देशभरका जेलहरुको अवस्था नाजुक रहेको गुनासो आइरहेको अवस्थामा इलाम कारागारका कैदीहरु भने आफु बसिरहेको कारागारलाई सुधार गृहको रुपमा अथ्याउने गर्दछन् ।
अन्य कारागारमा बसेर आएका कैदीहरुले इलामको कारागार “आकास पतालको फरक” रहेको बताएका छन् । विरामी पर्दा सिटामोल समेत नपाउने जेलहरुमा दुख भोभेगेर आएका कैदीहरुले यहाँ रुघा लाग्दा स्वास्थकर्मीको सेवा पाएको बताएका छन् ।
कारागार भित्र फुटसल खेल्नेका लागि खेल मैदाको व्यवस्था छ । कारागार अघि तिरको पोखरीमा माछा सल्वलाएको हेर्दै दिन काट्ने धेरै भेटिन्छन् ।
कारागार भित्र करिब नौ सय पुस्तक रहेको पुस्तकालय, जिमखाना, भलिवल, फुटसल, चेस, क्यारेम बोर्ड, व्याडमिन्ट, स्किपीङ लगायतका खेलहरुका लागि सामाग्री र मैदानको व्यवस्था रहेका जेलर भक्तबहादुर खड्का बताए ।
नेपालकै पहिलो नमुना कारागारको रुपमा भौतीक संरचना निर्माण गरिएको कारगारको क्षमता १२५ जना अटाउने हो माओवादी द्धन्दको चपेटामा परेपछि पनुः निर्माण गरिएको नयाँ जेललाई सुधार गृहको रुपमा परिकल्पना गरेर निर्माण गरिएको भएपनि व्यवस्थापकीय पक्षमा भने धेरै कुरा सुधार गर्न आवश्यक रहेको जेलर खड्कले बताए ।
कारागारमा ७० बर्ष माथिका वृद्धाहरुलाई बेग्लै राखिएको छ । नुहाउने र सौचालयको सहज पहँुच भएको कोठामा राखिएका वृद्धाहरुका लागि चौकिदारको व्यवस्था गरेको छ । कैदीहरुको अवस्था नियाल्न नाइटभिजन सिसिक्यामेरा जडान गरिएको छ भने स्वास्थ्य उपचारका लागि एक जना अहेवले कारागारमै सेवा प्रदान गर्दै आएका छन् ।
कैदीहरुले अध्यायन वाहेक हातमा सिप भएकाहरुले मुडा बुन्ने, गुडिया बनाउने, टोपी बुन्ने देखि क्यान्टीन चलाउने काम गर्ने गरेका छन् । मुडा बनाउने पेसाबाट मात्रै करिव ५० जनाले रोजगारी पाएको बताइएको छ ।