विद्यार्थीले थुने क्याम्पस प्रमुख र कर्मचारीलाई

इलाम : वागवानी संकायका विद्यार्थीहरुले महेन्द्ररत्न बहुमुखी क्याम्पस इलामका क्याम्पस प्रमुख लगायत कर्मचारीलाई आज कार्यकक्ष भित्रै थुनेका छन् ।

प्रशासनको लापरबाहिका कारण आफ्नो भविष्य अन्योलमा परेको भन्दै आक्रोशित विद्यार्थीले क्याम्पस प्रमुख र कर्मचारीलाई थुनेका हुन् ।
विद्यार्थीहरुले पढ्न पाउने मौलिक हक क्याम्पसलदे नियोजित रुपमा हनन् गरेको भन्दै उनीहरुले एक घण्टा तालावन्दी गरेका हुन् । क्याम्पस प्रशासनसँग बारम्वार छलफल गर्दा पनि आफ्ना मागहरुप्रति प्रशासन मौन रहेको भन्दै तालावन्दी गरिएको विद्यार्थी मनिस लिम्बूले वताए ।

उनीहरुले प्रशासनका कर्मचारीलाई एकघण्टा र क्याम्पस प्रमुखको कार्यकक्षमा अनिष्चित तालावन्दी गरेका हुन् । वागवानी संकायबाट निश्चित मापदण्ड पुगेका विद्यार्थीहरुलाई लोकसेवा आयोग मार्फत जागिरमा भिड्न पाउनु पर्ने, कृषि विश्व विद्यालयमा पाठ्यक्रम पुगेका सम्पुर्ण विषयमा स्नाकोत्तर अध्ययन गर्न पाउनु पर्ने माग सहित आन्दोलनमा जानु परेको विद्यार्थी एञ्जिला बेडारीले वताइन् ।

उनीहरुले लामो समयसम्म अध्यन गर्दा पनि आफ्नो भविष्यको सुनिश्चित नभएको भन्दै पहिलो चरण अन्तर्गत आन्दोलन गरेको वताएका छन् । माग पुरा नभए पुन अन्य चरणका कार्यक्रम घोषणा गरिने जारी विज्ञप्तिमा उल्लेख छ ।

बागवानी संकायमा सातौ ब्याजमा आइपुग्दा समेत कुनैपनि लोकसेवा आयोगको परिक्षा लेख्न नपाएको, मागप्रति क्याम्पसन मौन रहेको र आगामी दिनहरुमा पनि यसै गरे थप आन्दोलन घोषणा गरिने उनीहरुको चेतावनी छ ।
उता मानव अधिकारको हनन् गर्दै विना जानकारी आफुहरुलाई थुनिएको भन्दै कर्मचारीहरुले गुनाशो गरेका छन् । दिशाा, पिशाव लाग्दा बाहिर जान समेत नपाएको भन्दै कर्मचारीहरुले गुनाशो गरेका हुन् ।

कैदी जस्तो आफुहरुलाई थुनिएकोमा त्रिबि कर्मचारी संघ महेन्द्ररत्न बहुमुखी क्याम्पस इकाइका अध्यक्ष डबल मगरले गुनाशो गरे । उनले आफ्नो अधिकार लिनका लागि अरुको अधिकार हनन् नगर्न पनि सुझाव दिए ।
चाँडो समस्याको समाधान गर्न र उचित माग सम्वोधन गर्न सम्वन्धित निकायको ध्यान जान जरुरी छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार