इलाम : किरात याक्थुङ चुम्लुङ देउमाई नगर शाखाको अध्यक्षमा लालबहादुर आङदेम्बे निर्वचित भएका छन् ।
विहीबार विहान सम्पन्न चुम्लुङ नगर शाखाको प्रथम ऐतहासिक नगर अधिवेशनले आङदेम्बेलाई अध्यक्षमा निर्वाचित गरेको हो । अधिवेशनले आङदेम्बेको अध्यक्षतामा १५ सदस्यीय नगर कार्यसिमिति निर्वाचित गरेको छ ।
समितिका उपाध्यक्षमा मुनाकिरण सुब्बा, सचिवमा दिनेश तुम्बाहाम्फे, सहसचिवमा तारावीर मरोहाङ र कोषाध्यक्षमा गजेन सुब्बा निर्वाचित भएका छन् ।
सदस्यहरुमा रञ्जित मरोहाङ, पदम योङहाङ, एन्जिना योङहाङ, मानबहादुर येक्तेन, धनमाया लिम्बू, अनन्या लिम्बू, कमल लिम्बू, देवी लिम्बू, सुप्रिया योङहाङ र सन्तोष लिङदेन निर्वाचित भएका छन् ।
नवनिर्वाचित कार्यसमितिलाई किरात याक्थुङ चुम्लुङका केन्द्रीय सदस्य अभिषेक येक्तेन (चक्र) ले पद तथा गोपनीयताको सपथ दिलाएका थिए ।
कार्यसमितिलाई किरात याक्थुङ चुम्लुङका केन्द्रीय सदस्य येक्तेन, लिम्बुवान प्रदेश मसख्य सचिव मधुराज केरुङ, इलाम जिल्ला सचिव राम योङहाङले सफलताको शुभकामना दिएका थिए भने नवनिर्वाचित अध्यक्ष आङदेम्बेले प्रतिवद्धता मन्तव्य राखेका थिए ।
स्थानीय तह पुनर्संरचनापछि साविका नगर र गाउँ शाखाको समायोजनपछि भएको पहिलो अधिवेशनमा एक सय ११ प्रतिनिधि सहभागी थिए ।