पाँचथर : पाँचथरमा तोकिएको समयभित्र राष्ट्रिय परिचयपत्र वितरण कार्य नसकिने भएको छ ।
पुस १५ भित्रमा सकिनुपर्ने भए पनि २ महिना बढी समय लाग्ने राष्ट्रिय परिचयपत्र व्यवस्थापन पाँचथरका फिल्ड कार्यालय प्रमुख बाबुराम खत्रीले बताए ।
भौगोलिक कठिनता, वर्षाको समस्या जस्ता कारणले तोकिएको समयभन्दा परिचयपत्र वितरण कार्य सम्भव नभएको फिल्ड कार्यालयले जनाएको छ ।
जिल्लाका ८ वटा स्थानीय तहमध्ये अहिलेसम्म फिदिम नगरपालिका, हिलिहाङ गाउँपालिका र याङवरक गाउँपालिकाको भने तथ्याङक संकलन गरी अभिलेख राखिएको खत्रीले बताए ।
बाँकी गाउँपालिकामा पनि तिव्र गतिमा काम गर्ने र राष्ट्रिय परिचयपत्र भने कार्तिकपछि मात्र वितरण गरिने भएको छ ।