निर्मला पन्तको हत्यारालाई कार्वाहीको माग गर्दै यसरी निस्‍के महिलाहरु सडकमा (फोटो फिचर)

  नयाँ बुलन्द  248 पटक हेरिएको

चितवन : कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्यारालाई कारवाही र मृतकका परिवारलाई क्षतिपूर्ति दिनुपर्ने माग राख्दै चितवनको इच्छाकामना गाउँपालिकाका महिलाहरु सडकमा उत्रिएका छन् ।

सृर्जनशील महिला जागरण केन्द्र इच्छाकामना-५ मुग्लिङ्गको नेतृत्वमा बलात्कारी र हत्यारालाई कारबाही गर, पीडितलाई क्षतिपूर्ति दे, बलात्कारी लाइ संरक्षण गर्न पाइदैन जस्ता नारा लगाउदै भन्दै सरकारलाई दवावस्वरुप र्‍याली निकालिएको केन्द्रका अध्यक्ष सावित्री पुडासैनीले बताइन् ।

दिउँसोको ४ बजे मुग्लिनको पेट्रोल पम्प चोकबाट सुरु गरिएको र्‍याली मुग्लिन बजार परिक्रममा गरिएको थियो । र्‍यालीमा  महिलाहरुले हत्यारालाई कारर्वाही गर, चेलीको इज्जत लुट्न पाईदैन, प्रमाण नष्ट गर्न पाईदैन, बलात्कारीलाई फाँसी दे, नालायक प्रशासन मुर्दावाद जस्ता नारा लगाएका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार