पोखरा : विद्यालयबाट फर्कनेक्रममा सोमबारदेखि हराइरहेकी पोखरा महानगरपालिका–२२ की बालिका श्रीया विक मृत अवस्थामा फेलापरेकी छन् ।
सोमबार अपराह्न ५ बजेदेखि सम्पर्कविहीन भएकी १० वर्षीया बालिका श्रीया विकको शव मंगलबार बिहान भेटिएको हो । उनको शव कोदीस्थित घरनजिकै भेटिएको प्रहरीले जनाएको छ ।
वडा प्रहरी कार्यालय बैदामका प्रमुख डीएसपी नवीन कार्कीले घटनाबारे अनुसन्धान भइरहेको जानकारी दिए ।