इलाम : सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको शाखा कार्यालय इलाममा विस्तार भएको छ । सदरमुकामस्थित मालापथमा स्थापित शाखा कार्यालयको उद्घाटन मंगलबार चर्चित हाँस्यजोडि सीताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) ले संयुक्त रुपमा रिबन काटेर गरे ।
शाखा उद्घाटनपछि इलाम चोक बजारमा साँस्कृतिक कार्यक्रम समेत आयोजना भयो । कार्यक्रममा हाँस्यजोडि धुर्मुस र सुन्तलीले सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको जानकारी गराउनका साथै इलामले दर्शकलाई भरपुर मनोरञ्जन दिएका थिए ।
उनीहरुले वीमा गरेर जीवन सुखमय बिताउन इलामबासीहरुलाई अग्रह गर्दै सन नेपाल लाइफ इन्स्योरेन्समा नै जीवन वीमा गर्न समेत आह्वान गरेका थिए ।
सोही अवसरमा सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी शाखा कार्यालय इलामका मार्केटसङ म्यानेजर राजिव न्यौपाने सहित अन्य सन नेपालमा आवद्ध अभिकर्ताहरुलाई समेत सम्मान गरिएको थियो ।
कार्यक्रमको सञ्चालन कान्तिपुरकर्मी विप्लव भट्टराईले गरेको सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी इलाम शाखा प्रमुख टंक श्रेष्ठले जानकारी दिए ।
तस्वीर : अतित योङहाङ