उपसम्पादक नेपाल जिल्ला सदस्यमा निर्वाचित

इलाम : नयाँ बुलन्द डटकमका उपसम्पादक प्रकाश नेपाल नेपाल प्रेस युनियन इलामको जिल्ला सदस्यमा निर्वाचित भएका छन् । सोमबार सम्पन्न युनियनको आठौं जिल्ला अधिवेशनबाट नेपाल जिल्ला सदस्यमा निर्विरोध निर्वाचित भएका हुन् ।

विगत ३ वर्षदेखि पत्रकारितामा क्रियाशील नेपाल नयाँ बुलन्द डटकमसँगै इमेज ग्रुप (इमेज टेलिभिजन, इमेज खबर, इमेज एफएम) मा समेत कार्यरत छन् ।

यसैगरी नयाँ बुलन्द डटकमका अन्य ३ जना सहकर्मी समेत विभिन्न जिम्मेवारीमा निर्वचित भएका छन् । नयाँ बुलन्द डटकमका प्रमुख संवाददाता सुजता सुनुवार प्रदेश पार्षदमा निर्वाचित भएका छन् । करि एक दशकदेखि पत्रकारितामा क्रियाशील सुनुवार नयाँ बुलन्द डटकमसँगै उज्यालो रेडियो नेटवर्कमा समेत कार्यरत छन् ।

यस्तै माईजोगमाई संवाददाता लोकेन थेवे केन्द्रीय पार्षदमा निर्वाचित भएका छन् । करिब डेढ दशकदेखि पत्रकारिता क्षेत्रमा क्रियाशील थेवे यसअघि नेपाल पत्रकार महासंघ जिल्ला शाखा कार्यसमिति सदस्य समेत निर्वाचित भइसकेका छन् । अर्का माईजोगमाई संवाददाता नरेन्द्र थापा (नरेन इलामेली) पनि नेपाल प्रेस युनियनको जिल्ला सदस्यमा निर्वचित भएका छन् । उनी विगत दुई वर्षदेखि पत्रकारितामा प्रवेश गरी नयाँ बुलन्द डटकममा कार्यरत छन् ।

बुलन्द आवाज मिडिया (प्रा.) लि.द्वारा प्रकाशित अनलाइन पत्रिका नयाँ बुलन्द डटकम इलामबाट व्यवसायिक रुपमा सञ्‍चालित इलामको एकमात्र अनलाइन पत्रिका हो । नयाँ बुलन्द डटकम प्रेस काउन्सिलमा सूचिकृत भई सूचना तथा सञ्‍चार प्रविधि मन्त्रालय सूचना तथा प्रशारण विभागमा १५ औं नम्बरमा भएर सञ्‍चालित अनलाइन पत्रिका (डिजिटल न्यूज पोर्टल) हो । नयाँ बुलन्द डटकम १२ वैशाख २०७४ मा सूचना तथा प्रशारण दर्ता भएको थियो ।

२२ वैशाख २०७३ बाट परिक्षणका रुपमा अनलाइन समाचार सुरु गरेको नयाँ बुलन्द डटकम नेपाल सरकारद्वारा जारी अनलाइन सञ्‍चारमाध्यम सञ्‍चालन निर्देशिका, २०७३ लागू भएपछि १२ वैशाख २०७४ मा आधिकारिक रुपमा दर्ता भएको हो ।

बुलन्द आवाज मिडिया प्राइभेट लिमिटेड भने कम्पनी रजिस्ट्रार कार्यालयमा १३ चैत २०७३ मा नै दर्ता भएको थियो । कम्पनी रजिस्ट्रारबाट प्रमाणपत्र प्राप्त भएपछि आन्तरिक राजस्व विभाग करदाता सेवा कार्यालय इलामबाट स्थायी लेखा नम्बर दर्ता प्रमाणपत्र लिएर अनलाइन दर्ताका लागि सूचना तथा प्रशारण विभागमा १५ चैत २०७३ मा नै आवेदन दिएको थियो ।

आवश्यक सबै प्रक्रिया पूरा भएपछि सूचना तथा प्रशारण विभागले नयाँ बुलन्द डटकमलाई १२ वैशाख २०७४ मा अनलाइन सञ्‍चारमाध्यम दर्ताको प्रमाणपत्र प्रदान उपलब्ध गराएको थियो । यस अनलाइन पत्रिकाका सम्पादक रामकुमार लिम्बू (योङहाङ) रहेका छन् ।

प्रस युनियन इलामको अध्यक्षमा विप्लव भट्टराई

यसैबीच नेपाल प्रेस युनियन इलामको अध्यक्षमा युवराज भट्टराई (विप्लव) निर्वाचित भएका छन् ।

अधिवेशनले भट्टराईलाई अध्यक्षमा निर्विरोध निर्वाचित गरेको हो । करिब दुई दशकदेखि पत्रकारिता क्रयाशील भट्टराई कान्तिपुर मिडिया ग्रुपमा आवद्ध छन् ।

अधिवेशनले भट्टराईको अध्यक्षतामा नौ सदस्यीय जिल्ला कार्यसमिति निर्विरोध निर्वाचित गरेको छ । समितिको उपाध्यक्षमा सविता पाण्डे र सुनिता राई, सचिवमा टीका खतिवडा, सहसचिवमा यमुना लुइटेल र कोषाध्यक्षमा राजीव न्यौपाने निर्वाचित भएका छन् ।

उपाध्यक्ष पाण्डे रेडियो नेपाल र राई चियाबारी एफएम, सचिव खतिवडा राष्ट्रिय समाचार समिति, सहसचिव लुइटेल चियाबारी एफएम र कोषाध्यक्ष न्यौपाने रेडियो नेपालवाणी एफएममा आवद्ध छन् ।

यसैगरी सदस्यहरुमा शिवकुमार थापा (चियाबारी एफएम), दुर्गाभवानी पोख्रेल, प्रकाश नेपाल (इमेज खबर) र नरेन्द्र थापा (नयाँ बुलन्द डटकम) निर्वाचित भएका हुन् ।

अधिवेशनले तोयानाथ भट्टराई, ठाकुर नेपाल, दिपकराज शर्मा, दिनेश महत विनु खड्का, धर्मराज शर्मा, नरबहादुर बस्नेत, विनय तिम्सिना, गोपाल निरौला, गगन घिमिरे, कृष्ण पाठक, लिला थापा, विवेक घिमिरे, रेष्मा अधिकारी, मिना खतिवडा, सरस्वती लिम्बु, कृष्ण्कला खतिवडा, सुमित्रा खड्का, सिर्जना श्रेष्ठ र सुजता सुनुवारलाई प्रदेश पार्षदमा निर्वाचित गरेको छ ।

यस्तै विजयशेखर भट्टराई, कुवेर निरौला, सोमनाथ सुसेली, गणेश घिमिरे, प्रेम अधिकारी, लोकेन थेवे, जीवन शर्मा, रोमन आचार्य(पुजन), हरिअसिम अधिकारी, उर्मीला सुवेदी, प्रतिभा पौडेल, लता कटुवाल र अञ्जना ढुङ्गनालाई केन्द्रीय पार्षद निर्वाचित गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार