आजको राशिफल / वि.सं. २०७५ आश्विन ०९ गते मङ्गलबार

वि.सं. २०७५ आश्विन ०९ गते मङ्गलबार तदनुसार ई. सं. २०१८ सेप्टेम्बर २५ तारिख,  विरोधकृत् नामक संवत्सर, शाके :– १९४०, सूर्य दक्षिणायन, शरद् ऋतु, ने.सं. :– ११३८, (ञलाथ्व), काठमाण्डौ, नेपालमा सूर्योदय : बिहान ०५:५३ बजे र सूर्यास्त : साँझ ०५:५६ बजे, इटहरी, सुनसरी, नेपालमा सूर्योदय : बिहान ०५:४५ बजे र सूर्यास्त : साँझ ०५:४८ बजे, पोखरा, कास्की, नेपालमा सूर्योदय : बिहान ०५:५८ बजे र सूर्यास्त : साँझ ०६:०१ बजे, भाद्रपद शुक्लपक्षको  पूर्णिमा  तिथि, बिहान ०७:४२ बजेसम्म, त्यसपछि प्रतिपदा तिथि, उत्तराभाद्रा नक्षत्र, मध्यरात्रीपछि ०१:३५ बजेसम्म, त्यसपछि रेवती नक्षत्र, चन्द्रमा मीन राशिमा (अहोरात्र व्याप्त), बृद्धि योग, मध्यरात्रीपछि ०५:०७ बजेसम्म, त्यसपछि ध्रुव योग, बब करण, बेलुका ०८:०४ बजेसम्म त्यसपछि बालब करण, आनन्दादि योग : सिद्धि, चन्द्रवर्ण : पहेंलो, चन्द्रदिशा : उत्तर, योगिनीदिशा : वायव्य, वारशूल : उत्तर, नक्षत्रशूल : दक्षिण,  आजको चाडपर्व र उत्सव : इन्द्रदह स्नान, भक्तपुरमा सिद्धपोखरी मेला, सोह्र श्राद्ध प्रारम्भ, सोह्र श्राद्धअन्तर्गत प्रतिपदा तिथिको श्राद्ध, चेपांगहरूको चोनाम पर्व, प्राणनाथ छत्रशाल मिलाप (कृष्णप्रणामी), यँया पुह्नि, ओंगयामंगया

आगामी ३ दिनभित्र पर्ने चाडपर्व र उत्सव तथा शुभ मूहुर्त : भोलिको चाडपर्व र उत्सव : सोह्र श्राद्धअन्तर्गत द्वितीया श्राद्ध, पुञ्चली भूजा, ११ गते : सोह्र श्राद्धअन्तर्गत तृतीया श्राद्ध, पर्यटन दिवस, १२ गते : सोह्र श्राद्धअन्तर्गत चतुर्थी श्राद्ध, गातिला, इन्द्रध्वजपातन, नानीचाया,

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –

ताकेका काममा बाधा हुनेछ । नयाँ ठाउँमा आर्थिक लगानी गर्नु उपलब्धीमूलक हुँदैन । सामान हराउने वा चोरी हुने सम्भावना छ । नियमित खर्चसमेत बढ्ने योग छ । आर्थिक सङ्कटले मनमा अशान्ति र छटपटी व्याप्त हुने छ । शरीरमा स्फूर्ति र उमङ्गको कमी हुनेछ । सवारी साधन चलाउँदा वा बाटो काट्दा होस राख्नुपर्छ । टाढाको यात्रा फलदायी हुँदैन । आजका लागि शुभअङ्क ४ र शुभरङ्ग वैजनी वा पहेंलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ बृं बृहस्पतये नमः यस मन्त्रको कम्तीमा १९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –

मनमा उत्साह र उमङ्गको कमी देखिने छ, शत्रुहरूको गतिविधिले आत्मबल घटाउन सक्छ, सचेत रहनु होला । मातापिता र अभिभावक वर्गसँग सामीप्यता राख्न सके राम्रो हुन्छ । अरुको हीतका लागि गरिएको कामबाट लाभ लिन सकिने छैन, राज्यपक्ष र सरकारी काममा विलम्ब हुनेछ । सामाजिक प्रतिष्ठा कायम राख्न थोरै बोलेको जाति हुन्छ । घरपरिवारमा सामान्य छ । आजका लागि शुभअङ्क ३ र शुभरङ्ग नीलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ सूर्यसुताय शनये नमः यस मन्त्रको कम्तीमा २३ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –

पारिवारिक सम्बन्ध सुदृढ बन्नेछ । हाकिम, मातापिता वा विशिष्ट व्यक्तिको विचारले प्रभावित तुल्याउन सक्छ । बन्दव्यापार र पेसाव्यवसायका क्षेत्रमा उन्नति प्रगतिको वातावरण बन्नेछ । नोकरी अथवा व्यवसायसँग सम्बद्ध कुनै ठोस परिणाम देखा पर्नेछन् । जग्गाजमिनको कारोबार गर्दा राम्रो प्रतिफल आउन सक्छ । सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्नेछ । आजका लागि शुभअङ्क २ र शुभरङ्ग कालो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ कुलदेवताभ्यो नमः यस मन्त्रको कम्तीमा २३ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –

परिवारजनको साथले नयाँ आशा पलाउनेछ । मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ । अतिथिका रूपमा सम्मान पाइनेछ । रमाइलो यात्रा गर्ने अवसर प्राप्त हुनेछ । विगतको श्रमबाट राम्रै लाभ हुनेछ । सानो प्रयत्नले ठूलो काम सम्पादन हुनेछ । गरेका कामबाट धेरैलाई फाइदा पुग्न सक्छ । एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । आजका लागि शुभअङ्क ९ र शुभरङ्ग गाढा पहेंलो वा केशरी हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ धर्मराजाय नमः यस मन्त्रको कम्तीमा १९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –

सङ्कटको सामना गर्दै उपलब्धी हासिल गर्नु पर्नेछ । सवारी साधन हाँक्दा अपनाएको सचेतताका कारण चोटपटकबाट जोगिनु हुनेछ । गर्नैपर्ने व्यवहारिक काममा लामो यात्राको सम्भावना छ । कडा मिहिनेत र लगशीलतापछि गरिएको कामबाट लाभ हुने सम्भावना छ । दीर्घकालिक योजना कार्यान्वयन गर्न वा दूरगामी प्रतिफल प्राप्त हुने क्षेत्रमा लगानी गर्नु राम्रो हुन्छ । आजका लागि शुभअङ्क ८ र शुभरङ्ग नीलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ मृत्युञ्जयाय नमः यस मन्त्रको कम्तीमा १० पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –

दाम्पत्य जीवन सुखद तथा समृद्ध बन्ने देखिन्छ । आम्दानी प्रशस्तै बढ्नेछ । नयाँ सवारी साधन प्राप्तिको योग पनि छ वा कतै रमाइलो यात्रामा निस्कन सक्नुहुन्छ । आतिथ्यपूर्ण सम्मान र मिठो भोजनको प्राप्ति हुनेछ । विपरीतलिङ्गी मित्रसँग मन फुकाएर आफ्ना कुरा राख्न सकिने समय छ । धार्मिक, सामाजिक वा माङ्गलिक कर्ममा सहभागी भइने छ । आजका लागि शुभअङ्क ७ र शुभरङ्ग हलुका रातो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ कामदेवाय नमः यस मन्त्रको कम्तीमा ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –

तर्क, विवाद र प्रतिस्पर्धामा पकड भएको राम्रो दिन छ । अधिकार प्राप्तिका लागि गरिएको प्रतिस्पर्धामा विजयी भइने छ । कार्यक्षेत्रमा अरुले गरेभनेका कुरामा चित्त नबुझ्न सक्छ, संयमता अपनाउनु राम्रो हुनेछ । रमाइलो यात्राको सम्भावना छ र त्यसबाट दीर्घकालिक फाइदा पुग्नेछ । आर्थिक र व्यवसायिक समस्या समाधान हुनेछन् । स्वास्थ्य सबल रहने छ । आजका लागि शुभअङ्क ६ र शुभरङ्ग सेतो वा घुर्मैलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ धन्वन्तरीदेवाय नमः यस मन्त्रको कम्तीमा ०८ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –

छोराछोरीबाट सन्तोष प्राप्त हुनेछ । दाजुभाइको प्रगतिको समाचार सुन्न पाइन्छ । बौद्धिक क्रियाकलापमा दिलचस्पी जाग्नेछ, लेखन, प्रकाशन र ज्ञानगुनका क्षेत्रमा सक्रियता बढ्ने छ । प्राविधिक र सृजनात्मक सफलता मिल्नेछ । साथीहरूसित बौद्धिक र तार्किक विषयमा छलफल हुनेछ । व्यवसायिक क्षेत्रबाट राम्रो लाभ प्राप्त हुनेछ । आजका लागि शुभअङ्क ९ र शुभरङ्ग आकासे हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ वाग्देव्यै नमः यस मन्त्रको कम्तीमा ०७ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

धनागमको सङ्केत छ । शरीर फूर्तिलो भएको महसुस हुनेछ । परिणाममुखी काममा लगानीको समय छ । चुनौतीका बाबजुद नसोचेको काम बन्न सक्छ । धैर्यले काम लिने समय छ । जीवनसाथी, सन्तति वा विपरीतलिङ्गी साथीसँग सम्बन्ध आत्मीय बन्नेछ । मातृधनबाट लाभ प्राप्त हुने सम्भावना छ । महत्वाकाङ्क्षी योजना फलीभूत हुनसक्छन् । आजका लागि शुभअङ्क ४ र शुभरङ्ग कलेजी हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ अष्टमातृकाभ्यो नमः यस मन्त्रको कम्तीमा ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –

आज तृतीय भावमा कमजोर चन्द्रमा रहेकाले जस र सम्मानको ख्याल नगरिकन धार्मिक र सामाजिक कार्यमा नेतृत्व लिएर काम गरेको जाति हुन्छ । पराक्रम र उत्साहमा कमी आउने छैन । कृषिकर्म र बन्दव्यापारबाट सामान्य आम्दानी भइरहने छ ।साथीभाइ, इष्टमित्र वा घरपरिवारभित्रै झैझगडा र विवादको वातावरण सिर्जना हुनेछ । आजका लागि शुभअङ्क ३ र शुभरङ्ग हरियो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ कार्यविनायकाय महागणाधिपतये नमः यस मन्त्रको कम्तीमा ०८ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –

आम्दानी बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ । गरेका कामबाट राम्रै लाभ हुनेछ । श्रमको उचित मूल्याङ्कन हुनेछ । पढाइमा प्रगति हुनेछ । मिष्ठान्न भोजनको अवसर प्राप्त हुने योग छ । मनमा बसाइ सर्ने, सरुवा हुने, स्थान परिवर्तन अथवा व्यवसाय वा पेसामा परिवर्तनको धारणा पलाउन सक्छ । नयाँ काममा हात हाल्ने समय छ । आजका लागि शुभअङ्क २ र शुभरङ्ग सेतो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ सिद्धिलक्ष्म्यै नमः यस मन्त्रको कम्तीमा ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –

आजको दिन हाँसखेल र मनोरञ्जनपूर्ण समय हो । पारिवारिक सुख मिल्नुका साथै अध्ययन–अध्यापनको क्षेत्रमा प्रगतिको खबर सुन्न पाउनु हुनेछ । आर्थिक पक्ष सुदृढ बन्नेछ । कानुनी वा प्रतियोगितात्मक क्रियाकलापमा विजय प्राप्त हुनेछ । मनमा दोधारको अवस्था सिर्जना हुनसक्छ । पारिवारिक सहयोग प्राप्त हुनेछ । व्यवसायिक क्षेत्र लाभप्रद रहने छ । आजका लागि शुभअङ्क १ र शुभरङ्ग गुलाबी हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ अं अङ्गारकाय नमः यस मन्त्रको कम्तीमा १० पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

(द्रष्टव्य : यो पञ्चाङ्गको सूर्योदय, सूर्यास्त, तिथि, नक्षत्र, योग, करण आदिमा उल्लिखित समयादि काठमाण्डौ, नेपालको अक्षांश : २७:४२ उत्तर तथा देशान्तर : ८५:१८ पूर्व र नेपालको निर्धारित राष्ट्रिय समयलाई आधार मानी सूर्यसिद्धान्तको प्रयोग गरी गणना गरिएको हो, साथै राशिफल लेख्दा चन्द्रमाको दैनिक गति, चन्द्रमामा पर्ने शनि एवं बृहस्पतिको दृष्टि, वेधस्थान र विपरीत वेधस्थान समेतको गणना गरिएको छ )

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार