इलाम : जिल्ला प्रहरी कार्यालय इलामले स्कूल तथा कलेजहरुमा सञचालन गरेको सचेतनामुलक कार्यक्रम जिल्लाका विभिन्न २१ स्थानमा सम्पन्न भएको छ ।
कार्यक्रम अन्तरगत जबरजस्ती करणी, यौनजन्य हिंसा, ट्राफिक नियम, साईवर अपराध तथा लागू औषध विरुद्धको सचेतनामुलक कार्यक्रमहरु संचालन गरिएको थियो । साथै सोही सम्बन्धी पर्चा पम्प्लेटहरु समेत वितरण गरिएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।
गत २० भदौदेखि सुरु भएको कार्यक्रम स्कुल, कलेज तथा ग्रामीण भेगका २१ स्थानमा सम्पन्न भएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।