इलाम : घरेलु तथा साना उद्योग विकास समिति प्रदेश सरकार अन्तर्गत रही साविक कै कार्यहरु सञ्चालन गर्ने गरी साविक कै जिल्लाका कार्यालयमा रहने भएको छ ।
स्थानीय तहको पुनर्संरचनापछि देशभरीका घरेलु तथा साना उद्योग विकास समिति खारेजसँगै अन्यौलता छाएको थियो । तर चालु आर्थिक वर्ष २०७५/०७६ देखि साविक कै जिम्मेवारीमा साविक कै जिल्लाका कार्यालयमा रहने भएको हो । कार्यालयको नाम चाँही के रहेने भन्ने कुराको निचोड भने भएको छैन ।
नेपाल सरकार उद्योग वाणिज्य तथा अपूर्ति मन्त्रालय अन्तर्गत रहेर २०४९ सालदेखि देशका ४८ जिल्लामा घरेलू तथा साना उद्योग विकास समितिले उद्योग प्रवर्धन र विकासको क्षेत्रमा कार्य गर्दै आएको थियो ।
स्थापना देखि नै कार्यालयले उद्योग दर्ता, वाणिज्य दर्ता, खारेजी, नामसारी, ठाउँसारी, नविकरण, उद्योगीहरुलाई प्राविधिक परामर्श तथा माग र सम्भाव्यताको आधारमा सीप विकास, उद्ममशीलता विकास कार्यक्रम र उद्योग विस्तार गरि अम्दानी बढाउन उपयुक्त प्रविधिमा सहयोग जस्ता कार्यक्रमहरु गर्दै आएको छ ।
स्थानीय संरचनापछि यसवर्ष प्रदेश सरकारको अख्तियारीमा पहिलेके जस्तै विभिन्न कार्यक्रमहरु कार्यालयले गर्ने कुरा घरेलु तथा साना उद्येग विकास समिति मुख्य शाला कार्यालय इलामका प्रमुख सत्यनारायण राईले बताए ।