चुलाचुली गाउँपालिकाका नासु कोइरालाको दुर्घटनामा परी निधन

  नयाँ बुलन्द
0 Shares

इलाम : इलामको चुलाचुली गाउँपालिकामा कार्यरत नायब सुब्बा जगत कोइरालाको क्रेनको ठक्करबाट मृत्यु भएको छ ।

इलाम सदरमुकामस्थित जिरो किलोमिटर आफ्नै घरबाट कार्यालय जाने क्रममा झापाको कनकाई नगरपालिका-३ सुरुङ्गामा बिहान पौने १० बजे पूर्वबाट पश्चिम जाँदै गरेको ना १ क ३७२९ नम्बर को जेसिबी क्रेनले पछाडिबाट कोइराला चढेको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

ठक्करबाट गम्भीर घाइते कोइरालाको विर्तामोडस्थित बी एण्ड सी अस्पतालमा उपचारका क्रममा निधन भएको सुरुङ्गा ट्राफिक प्रहरी कार्यालयका प्रहरी सहायक निरीक्षक टेकहादुर बस्नेतले जानकारी दिए ।

क्रेनको ठक्करबाट कोइराला सवार मे ५ प ६६६४ नम्बरको मोटरसाइकल समेत क्षतविक्षत भएको छ । क्रेनका चालक फरार छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार