किरात साम्यो हक्चात यक्चुमले मनायो नवौं स्थापना दिवस

माङसेबुङ : किरात साम्यो हक्चात यक्चुमले शुक्रबार आफ्नो नवौं स्थापना मनाएको छ । माङ्सेबुङ ५ स्थित आफ्नै कार्यालयमा अन्तरक्रिया कार्यक्रम गरी यक्चुमको स्थापना दिवस मनाएको हो ।

कार्यक्रमको उद्घाटन प्रमुख अतिथी किरात चोत्लुङ मुहिङ्गुम अङ्सी माङ्गेन्ना सेवा समितिको अध्यक्ष केहेरसिंह योङ्हाङले दीप प्रज्वलन गरी गरेका थिए ।

प्रमुख अतिथी केहेरसिंह योङहाङले २०६७ सालमा किरात साम्यो हक्चात यक्चुम खेलकुद समितिको स्थापना भई किरात धर्म गुरु मुहिङ्गुम अङ्सिमाङ लिङ्देन आत्मानन्द सेइङ तथा गुरु माता मुहिङ्गुम अङ्सिमामाङ साबा पबित्रहाङ्मा लिङ्देनहरुको शुभ जन्मोत्सवमा पुरुषतर्फ आत्मानन्द गोल्डकप र महिलातर्फ पबित्रहाङ्मा गोल्डकपसँगै  विविध खेलकुदहरुको आयोजना बर्सेनि गर्दै आएको बताए ।

माङसेबुङ ५ का अध्यक्ष नरेन्द्र राइले विकास गतिशीलता र पहिचानसँग खेलकुद जोडिएको हुँदा विगत वर्षझैं वडाबाट र गाउँपालिकाबाट प्रथम पुरस्कार र दोस्रो पुरस्कारको लागि प्रायोजकको लागि पहल गर्ने बताए ।  पूर्व सहसचिव समेत रहेकी समिता थेवेले किरात साम्यो हक्चात यक्चुमले खेलकुद प्रतियोगिता विगतदेखि गर्दै आएको बताउँदै आफ्नो अनुभव र अनुभूतिहरु राखेकी थिइन् ।

हक्चात यक्चुमका सहसचिव निराज माबोले संचालन गरेकव कार्यक्रमको स्वागत देउकुमार इधिङ्गोले  गरेका थिए । कार्यक्रम हक्चात यक्चुमका अध्यक्ष मनकुमार आङबुहाङको अध्यक्षतामा भएको थियो ।

कार्यक्रममा माङ्सेबुङ गाउँपालिका कार्यपालिका सदस्य पुर्ण कार्की ढोली, किसासेसा पान्जुम्भोका सचिव सन्चहाङ लिम्बू, कोषाध्यक्ष प्रकाश सावदेन, नालिफुङ्वा पान्जुम्भोका सचिब योगेश लाओती लगायतको समेत उपस्थित रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार