दिपावली कपको पुरस्कार नगद एक लाख

इलाम : इलामको उत्तरी सन्दकपुर-५ जमुनास्थित कागेटारमा बर्सेनि हुने दिपावली कप फूटबल प्रतियोगिताको पुरस्कार वृद्धि भएको छ । सो प्रतियोगिताको विजेतालाई यसवर्ष नगद एक लाख दिने आयोजक सुनाखरी खेल संघले जनाएको छ ।

इलामको स्थानीय स्तरदेखि युवा खेलाडीहरु उत्पादनसँगै फूलबल खेलमा क्लबको लगानीलाई पनि मध्यनजर गरि उत्तरी क्षेत्रमा पहिलो पटक यति ठूलो धनराशीको पुरस्कार दिन लागेको अध्यक्ष उमेश गुरुङले बताए ।

इलामको माइभ्याली गोल्कपपछि दर्शकको चाप र खेलाडी टिम संख्या धेरै सहभागी हुने ठाउँसँगै नेपालीहरुको रमाइलो चाड तिवारले गर्दा कागेटार इलामकै नमुना फुटबल खेल प्रतियोगिता बन्दै गइरहेको छ । ए डिभिजनको खेलाडिहरु पनि बहुसंख्यक देख्न सकिने र छिमेकी देश भारतीय गाउँको टिमको पनि उलेख्य सहभागिले कागेटारको महत्व पनि दिनानुदिन बढ्दै गइरहेको छ ।

भानुदय निमाविको खेलमैदानमा सन्चाल हुने फुटबल खेल प्रतियोगितामा सहभागितासँगै नजिकै रहेको चन्द्रपाल थेवे पोखरीमा डुङ्गा सयरदेखि हाँगेथाम वनजंगल र जौबारीको रमणीय दृश्यालोकन गर्न सकिने ठाउँ भएकोले पनि दर्शकको चाप बढ्दै गैरहेको छ । बढ्दो दर्शकको चापको कारण यस पटकदेखि बाँसको पाराफिट खेल सुरु हुन एक महिनादेखि बनाउन सुरु गर्ने र दर्शकले उभिएर खेल हेर्न नपर्ने सुनाखरी खेल संघका सल्लाकार इन्द्र गुरुङ बताउँछन् ।

३३ वर्षदेखि सुरु भएको कागे दिपावली नकआउट फुटबल खेल प्रतियोगिता केही वर्षदेखि पुरस्कार भन्दा प्रतिस्ठाको खेल हुन थालेको छ । फाइनल खेल जितेर ईतिहास बनाउनको लागि खेलाडिहरुमा लेनदेनदेन राम्रै मुल्यमा चल्छ ।

विगत वर्ष प्रथम पुरस्कार ६१ हजार हुँदा प्रतिष्ठाकै लागि प्याङ सहारा समाजले खेलाडी खरितमा झन्नै लाखौं खर्च गरेको थियो । खेल क्षेत्रमा निरन्तर प्रगति गर्दै जान थालेकोले प्रायोजक पनि पाउन थालेको छ । यो पटक दिने पुरस्कारहरु नगत बहेक अन्य पुरस्कारहरु सबै विभिन्न व्यक्तिहरुले दिने कागेटारबाटै फुटबलको करियर सुरु गरेर मेची अन्चल ११ बाट खेलेका पुराना खेलाडी उमेश गुरुङ बताउँछ्न् ।

खेल सुरु हुनभन्दा एक महिना अगाडी नै इन्ट्री गरि सकेर खेलाडिले प्राक्टिस गर्ने समय पनि दिएको छ । असोज ३० गतेसम्म इन्ट्री गरिसक्ने र बाँकी प्राक्टिस गर्ने समय दिएको छ । यो खेलमा सहभागी हुन ५ हजार लाग्ने पनि आयोजकले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार