फाकफोकथुममा सामुदायिक स्वास्थ्य इकाई उद्घाटन

  युद्धबहादुर बोहोरा
0 Shares

इलाम : फाकफोकथुम वडा नम्बर १ मा ठिंगेपुर सामुदायिक स्वास्थ्य इकाई कार्यालयको उद्घाटन गरिएको छ । कार्यालयका इन्चार्ज मुकेशकुमार रामको अध्यक्षतामा वडा न. – १ का अध्यक्ष टेकवीर लिम्बुले कार्यालयको उद्घाटन गरेका थिए।

करिब चार हजार जनसंख्या रहेको इलाम जिल्लाको कर्णाली भनेर चिनिने जिल्लाको पश्चिमी क्षेत्रमा रहेको फाकफोकथुम गाउँपालिकाको वडा न. -१ का जनताले स्वास्थ सुविधा लिन दुई घण्टा टाढा आम्चोक,कोल्बोटे र घुर्बिसे पञ्चमी जानुपर्ने बाध्यता थियो । हाल सम्म फाकफोकथुम गाउँपालिकाका वडा न.-१ र ६ मा स्वास्थ चौकीको सुविधा नभएको र अन्य वडाहरुमा सेवा सुविधा रहेको छ।

राज्यको निति अनुसार हरेक वडाका जनताले स्वास्थ सेवा सुविधा लिनपाउने जनताको अधिकारलाई सुनिश्चित गर्न यस वडाका लागि कार्यालय स्थापना गरिएको बताइएको छ।

एक अहेव रहेको स्वास्थ इकाईमा अ.न.मी. र कार्यालय सहायकको पदपूर्ती तत्काल गरिने साथै स्वास्थ इकाईलाई रूपान्तर गरि स्वास्थ चौकीमा स्तरन्नोती गर्न पहल गरिने प्रमुख अतिथि नेम्वाङले बताए । पक्का भवनको लागि स्वास्थ मन्त्रालयमा प्रस्ताव पेश गरेको उनले जानकारी दिए।

आगामी थप कार्यालयहरु स्थानीय एेन बमोजिम विकेन्द्रीकरणको सिद्धान्त अनुसार वडाको खाम्बाङ्ग ,घुर्बिसे पञ्चमी र लुङ्सुङ्दाङ क्षेत्रमा विस्तार गरि सबै जनतालाई समावेशी ढंगले समेटिने उनले भनाइ छ ।

यस स्वास्थ इकाईबाट स्वास्थ जाँच खोप सुविधा,परिवार नियोजन सम्बन्धि सेवा, स्वास्थ परामर्श लगायत स्वास्थ चौकीमा पाइने सेवा सरहको सुविधा प्रदान गरिने इकाईका इन्चार्ज रामले जानकारी दिए । कार्यालय उद्घाटनका दिन ३० जना बिरामीको स्वास्थ परिक्षण सेवा र उनीहरुलाई औषधि प्रदान गरिएको उनले बताए।

एेतिहासिक समारोहमा पार्टी प्रतिनिधि,जनप्रतिनिधि, विभिन्न संघसंस्थाका प्रतिनिधि,महिला स्वास्थ स्वयं सेविका,समाजसेवी, शिक्षक लगायतको उपस्थित थियो। वडा सदस्य बालकृष्ण भट्टराईले स्वागत मन्तव्य राखेको कार्यक्रम सचिव कुमार राइले संचालन गरेका थिए।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार