जीप दुर्घटना, ४ जना घाईते

  नयाँ बुलन्द
0 Shares

बैतडी : जयपृथ्वी राजमार्ग अन्तर्गत बैतडीको सुर्नया गाउँपालिका–६ दुदिलाखानमा गएराति जीप दुर्घटना हुँदा ४ जना घाईते भएका छन् ।

घाईते हुनेहरुमा बैतडीको सिगास गाउँपालिकाका जनक विष्ट, जगदिश पन्त, करुणाकर पन्त र पाटन नगरपालिका–९ का राजेन्द्र बिजले रहेका छन् । घाईते चारै जनाको सुदूरपश्चिम उपक्षेत्रीय अस्पताल डडेल्धुरामा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक कान्तिराज जोशीले जानकारी दिए ।

बैतडीको खोड्पेदेखि बझाङ बित्थडका लागि छुटेको से१ज ५८४ नम्बरको जीप दुदिलाखान मोडमा आईतबार राति ८ बजे दुर्घटनामा परेको हो । जीप सडकबाट करिब १०० मिटर तल खसेको प्रहरीले जनाएको छ  ।

जीप दुर्घटनाको कारण खुल्न सकेको छैन । जीप चालक सिगास गाउँपालिका–१ का महेश पन्त फरार छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार