इलाममा लोक तथा चर्या नृत्यको कार्यशाला सुरु

  नयाँ बुलन्द
7 Shares

इलाम :  लोपोन्मुख नेपाली कला, संस्कृतिको जगेर्ना र प्रचार गर्ने उद्देश्यले इलाम सदरमुकाममा चारदिने लोक तथा चर्या नृत्य कार्यशाला सुरु भएको छ ।

साँस्कृतिक संस्थान नेपाल र राष्ट्रिय नाचघर काठमाडौंको संयुक्त आयोजना तथा इलामको युनिक डान्स सेन्टर र युनिभर्सल डान्स सेन्टरको समन्वयमा कार्यशाला सुरु भएको हो । लोक संस्कृतिका अनुसन्धानकर्ता तथा बरिष्ठ नृत्य प्रशिक्षक रोचक थापाले नेपाली कला, संस्कृति र नृत्य संरक्षण आजको आवश्यकता रहेको जनाउँदै विभिन्न जातजातिमा रहेका लोपोन्मुख नृत्यको जगेर्ना गर्नुपर्ने बताए।

चर्या नृत्यबारे चर्चा गर्दै उनले विश्वकै पुरानो नृत्यकला नेपालमा छ । नेपाली नृत्यमा शास्त्रीय आधार रहेको छ । तिनको अध्ययन, अन्वेषणको आवश्यकता रहेको उल्लेख गरे ।

यस्तै नृत्य कलाकार संघ प्रदशे नम्बर १ का अध्यक्ष सुनील थापाले नृत्यमा संलग्न कलाकारले आफ्नो नृत्य क्षमता क्षणभरमा नै विश्वलाई देखाउन सक्छ यसको सदुपयोग गर्दै लोकनृत्यको प्रवद्र्धन गर्नका लागि इलाममा पहिलो पटक लोक तथा चर्या नृत्य कार्यशाला सुरु गरेको बताए ।

प्रशिक्षणमा इलामका बिभिन्न डान्स सेन्टरका प्रशिक्षक तथा प्रशिक्षार्थी सहित ४० जनालाई यसबारेमा प्रशिक्षण दिइने बताइएको छ । लोक तथा चर्या नृत्यलाई रोचक थापा र जुना राईले प्रशिक्षण दिने छन् । यसको संयोजन संकोच श्रेष्ठ र तेज मगरले गरेका छन् । यसैक्रममा इलाममा नृत्य कलाकार संघ जिल्ला शाखा गठन भएको छ ।

शाखा अध्यक्षमा हरिकुमार थापा, बरिष्ठ उपाध्यक्षमा प्रज्ववल चापागाई, उपाध्यक्षमा रोमित कर्मचार्य र शकर तामाङ चिबमा संकोच श्रेष्ठ, सहसचिबमा दानियल शेर्पा, कोषाध्यक्षमा सुस्मा कटुवाल रहेका  छन् । यस्तै सदस्यहरुमा सरिना अधिकारी, बिक्रम राई, लक्ष्मि राई, हेमु लिम्बू, संगम भटटराई, नविन राय, बर्ण दर्नाल, कौशिला श्रेष्ठ र दिनेश लिम्बू रहेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार