कन्चनपुरमा फेरि दुई बालिका बलात्कारको आरोपमा एकजना पक्राउ

  नयाँ बुलन्द
0 Shares

कन्चनपुर : कन्चनपुरमा दुईजना बालिकालाई बलात्कार गरेको आरोपमा शनिबार एकजना पक्राउ परेका छन् ।

बेल्डाँडी गाउँपालिका–२ का ६ वर्षीया दुई बालिकालाई बलात्कार गरेको आरोपमा सोही ठाउँका ५७ वर्षीय राजेन्द्र विष्टलाई पक्राउ गरिएको हो ।

विष्टले ललाइ–फकाइ बलात्कार गरेको कुरा ती बालिकाले सुनाएको बालिकाकी आमाले बताइन् ।

उनका साथीसँग सोधपुछ गर्दा अर्की बालिका पनि बलात्कारको शिकार भएको खुलेको बालिकाकी आमाको भनाइ छ ।

पीडित परिवारले शुक्रबार विष्टविरुद्ध इलाका प्रहरी कार्यालय बेल्डाँडीमा उजुरी दिएका थिए ।

उजुरीपछि विष्टलाई पक्राउ गरी हिरासतमा राखेर आवश्यक कानुनी प्रक्रिया सुरु गरिएको जिल्ला प्रहरी कार्यालय कन्चनपुरका प्रवक्ता तथा डीएसपी कृष्णराज ओझाले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार