अन्तर्राष्ट्रिय रेडपाण्डा दिवस मनाईंदै, कति छन् पूर्वी नेपालमा रेडपाण्डा ?

  नयाँ बुलन्द
0 Shares

ताप्लेजुङ :आज रेडपाण्डा डे अर्थात् नवौं अन्तर्राष्ट्रिय रेडपाण्डा दिवस ।

विश्वकै दुर्लभ र लोपोन्मुख रेडपाण्डाको संरक्षणका क्षेत्रमा क्रियाशील संघसंस्थाले विभिन्न कार्यक्रम गरी यो दिवस मनाइरहेका छन् ।

विश्वकै दुर्लभ वन्यजन्तु रेडपाण्डा अर्थात् हाब्रेको बासस्थान र आहारा संकटमा पर्दै गएपछि रेडपाण्डा नेटवर्कले सन् २०१० देखि यो दिवस मनाउन सुरु गरेको हो ।

रेडपाण्डा संरक्षणकै लागि रेडपाण्डा नेटवर्कले विभिन्न गैरसरकारी संघसस्थासँग मिलेर विभिन्न कार्य गर्दै आएको छ ।

पूर्वी नेपालमा रेडपाण्डा नेटवर्कको सहयोगमा संरक्षणका गतिविधि गर्दै आएका हिमाली संरक्षण मञ्च ताप्लेजुङ, दिपज्योती युवा क्लब पाँचथर र इलामको उच्च पहाडी संस्थाले विद्यालयस्तरमा विभिन्न कार्यक्रम संचालन गरेका छन् ।

दुर्गम क्षेत्रमा यातायातको विस्तार, मानव वस्ती विस्तार, डढेलो, चरिचरण क्षेत्रको विस्तार, रासायनिक वस्तुको अत्यधिक प्रयोग, चोरी सिकारी जस्ता कार्य रेडपाण्डा संरक्षणका मुख्य चुनौती रहेको संरक्षणकर्मीले बताएका छन् ।

सन् २०१३ को एक अध्ययनअनुसार ताप्लेजुङमा ७७ देखि १३४, पाँचथरमा २५ देखि ४३ र इलाममा २३ देखि ४० वटासम्म रेडपाण्डा रहेको अनुमान गरिएको छ ।

प्रकृति संरक्षण क्षेत्रमा कार्यरत रहेको अन्तराष्ट्रिय सस्था आईयुसिएनको रातो पुस्तिकामा अति संकटापन्न सूचीमा रेडपाण्डा सूचीकृत छ ।

यस्तै नेपाल सरकारले पनि यसलाई संरक्षित वन्यजन्तुको सूचीमा राखेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार