सन्दकपुर : इलामको सन्दकपुर गाउँपालिका वडा नम्बर २ माइमझुवास्थित श्याम्बल माध्यमिक विद्यालयले अन्तर आधारभूतस्तरीय बालदिवस कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रममा ३ वटा विधामा हाजिरिजवाफ, नृत्य र चित्रकला प्रतियोगिता सन्चालन गरेको थियो । हाजिरीजवाफमा सरस्वती आधारभूत विद्यायव १९ अङ्क ल्याएर प्रथम, श्याम्बल मावि १० अङ्क
प्राप्त गरी दोस्रो र योना बोर्डिङ स्कुल ९ अङ्क ल्याएर तेस्रो, भिमसुन आवि ७ अङ्क प्राप्त गरी चौथो र गुफा आवि ५ अङ्क प्राप्त गरी पाचौं भए ।
चित्रकलामा भिमसुन आविका दिपन गुरुङ प्रथम, योना बोर्डिङ स्कुलका सुसान्त
राई दोस्रो र श्याम्बल माविका प्रसुन राई तेस्रो भए । त्यसैगरी नृत्यतर्फ सरस्वती आविका सम्भावना राइ प्रथम, योना बोर्डिङ स्कूलका सेमिङ राई दोस्रो, गुफा आविका समिक्षा राई तेस्रो, श्याम्बल
माविकी कृस्टिना गुरुङ चौथो र सरस्वती आविकै प्रीजा राई र अनामिका राई सान्त्वना भइन् ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डिल्लीराम गुरुङको अध्यक्षता,
माइमझुवा उपस्वास्थ्य चौकीका इन्चार्ज गजेन्द्र यादवको प्रमुख आतिथ्य र वडाका वडा सदस्य अमृत राइको बिशेश आतिथ्यमा भएको कार्यक्रमको स्वागत प्रधानाध्यापक सन्दिप चापागाईंले गरेका थिए ।
‘सुखी नेपाली समृद नेपाल, बाल अधिकार सबैको सरोकार’ भन्ने नाराका साथ आयोजित कार्यक्रममा ५ वटा विद्यालयले सहभागिता जनाएका थिए । कार्यक्रमका लागि करुणा फाउन्डेसन नेपालले १५ हजार रुपैयाँ आर्थिक सहयोग गरेकव थियो ।