बाल दिवसमा हाजिरी जवाफ कार्यक्रम सम्पन्न

कन्याम : राष्ट्रिय बाल दिवसको अवसरमा कन्याम गोगनेमा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ।
भाग्योदय अाधारभूत विध्यालयको अायोजना एबं करुणा फाउन्डेसन नेपाल को बिशेष सहयोगमा अाधारभूत तह १-५अन्तर बिध्यालय स्तरीय प्रतियोगिता सम्पन्न भएको हाे ।
कार्यक्रममा स्वागत मन्तब्य सन्ध्या घलेले राखेकी थिईन भने कार्यक्रमको सेरोफेरोमा रहेर बिध्यालयका प्रधानाध्यापक तेजराज अाचार्य,करुणा फाउन्डेसनका प्रतिनिधि राजकुमार नेपाली ,कृष्णाश्रम मा बि का प्राचार्य देबकुमार दाहाल, स्थानीय समाजसेवी तथा सोही बिध्यालय ब्यवस्थापन समिति का पूर्ब अध्यक्ष डम्बरबहादुर कटुवाल लगायतले अा अाफ्नो बिचार ब्यक्त गरेका थिए ।
साेहि कार्यक्रममा प्रतिभावान तथा जेहेन्दार बिध्यार्थी मध्ये बाट १ जना तथा विभिन्न प्रकारका अपांगता भएका ८ बिध्यार्थी लाई झोला,कपि पेन्सिल लगायतका शैक्षिक सामाग्री प्रदान गरिएको थियोे ।
हाजिरी जवाफ प्रतियोगितामा भने नवज्योति अावि पहिलो ,कृष्णाश्रम मा वि दोस्रो र कार्यक्रम अायोजक भाग्योदय अा वि तेस्रो भएको थियोे ।कार्यक्रममा नवोदित साहित्यकार सन्जय भट्टराई ले कविता र गजल प्रस्तुत गरेका थिए भने बीच बीचमा सहभागीहरुले अाकर्षक नृत्य समेत पस्केका थिए ।

वडा नं ७ का वडा अध्यक्ष लेखनाथ खड्का को प्रमुख अातिथ्य तथा बिध्यालय ब्यवस्थापन समितिका अध्यक्ष अमृत कटुवालको सभापतित्व रहेको  कार्यक्रम मा वडा नं ६, ७ र ८ का १-५ अाधारभूत तह बिध्यार्थीहरु लाई सहभागी गराउने उद्देश्यका साथ अामन्त्रण गरिएको भएता पनि  केही बिध्यालय मात्र उपस्थित भएका थिए ।कार्यक्रम बिध्यालय शिक्षक अर्जुन बेदना राईको सन्चालनमा सम्पन्न भएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार