काठमाडौं : नेपाल निर्माण व्यवसायी महासंघको महासचिवमा निर्माण व्यवसायी दिपक गौतमले उमेद्वारीको घोषणा गरेका छन्।
आश्विन ४, ५ र ६ गते हुने नेपाल निर्माण ब्यवसायी महासंघको केन्द्रीय महाधिबेशनमा गौतमले महासचिवमा उमेद्वारी दिने घोषणा गरेका हन्। संघको वहालवाला केन्द्रीय सदस्य रहेका गौतम गजुरमुखी कन्स्ट्रक्सन कम्पनीका प्रमुख हुन्।
उनको कम्पनी नेपालका प्रमुख कम्पनीहरु मध्येकै निर्माण व्यवसायी कम्पनी हो। “ब्यवसायीको क्षमता अनुसार निर्माण कार्यको जिम्मेवारी पाउने” कानुन बनाउन पहल गर्ने नारा सहित शुरु हुन लागेको महासंघको केन्द्रीय अधिबेशनमा आफूले महासचिवमा उमेद्वारी दिने निर्णय गरेको उनले बताए।
महासंघमा एक कार्यकाल सदस्य भएर काम गर्दा कार्यकारी पदमा हुँदा मात्र व्यवसायका क्षेत्रमा नविन सोचहरुलाई कार्यान्वयन गर्न सकिने अनुभवपछि महासचिब पदमा उमेद्वारी दिने निष्कर्षमा पुगेको गौतमले बताए। महासचिवमा बिजय भएको अवस्थामा सचिवालयको सहयोगमा देशभरिका निर्माण ब्यवसायीको डाटा लिइ अग्रज, अनुभवी ब्यवसायीहरुसँग र साझेदारहरुसँग ब्यापक अन्तक्रिया गरि सरकारसँग नीतिगत साझेदारी गरिने आफ्नो योजना गौतमले सुनाए।
गौतमले सरकारसँग नीतिगत साझेदारी गर्दै ब्यवसायीको हित रक्षा नै आफ्नो मुख्य लष्य रहेको प्रष्टयाए। १ बर्ष भित्रमा सरकारलाइ कस्तो प्रकारको नियम कानुन बनाउँदा नेपालभरिका निर्माण ब्यवसायीहरु लाभान्वित हुन सक्छन भन्ने प्रतिबेदन दिने र बाँकी २ बर्ष त्यस्को कार्यान्वयनमा लागी पर्ने प्रतिबद्दता उनले सार्वजनिक गरे।hamrakura.com