प्रदेश–१ मा कानुन निर्माण तीव्र

  नयाँ बुलन्द
0 Shares

विराटनगर : प्रदेश नम्बर–१ को प्रदेशसभाले कानुन निर्माणको कामलाई तीव्रता दिएको छ ।

प्रदेशसभाको ४१औं बैठक हुँदासम्म हालसम्म २० विधेयक पारित भएका छन् । दुईओटा विधेयक सचिवालयमा दर्ता गरिएको छ ।

प्रदेशसभाको पहिलो अधिवेशनबाट ११ ओटा र दोस्रो अधिवेशनबाट थप ९ ओटा विधेयक पारित भएको प्रदेशसभा सचिवालयले जनाएको छ ।

संविधान कार्यान्वयनका लागि प्रदेशले बनाउनुपर्ने २२ ओटा कानुन बनाउन भने संघीय कानुनको पर्खाइमा रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार