माछापुच्छ्रेको शाखा रहित बैंकिङ शाखेजुङमा

  नयाँ बुलन्द
0 Shares

इलाम :  माछापुछ्रे बैंकको शाखा रहित बैकिङ सेवा शाखेजुङमा स्थापना भएको छ । इलाम नगरपालिका वडा नम्बर १ मा सो सेवाको सोमबार एक समारोहबीच उद्घाटन गरिएको हो ।

रत्नकुमार वान्तवा पोलिटेक्निक इन्टिच्युट नजिकै स्थापना भएको सो सेवा मार्फत स्थानियवासी र विद्यार्थीलाई सदरमुकाम सम्म धाउनुपर्ने बाध्यताबाट मुक्त हुने भएका छन् ।

कार्यालयको इलाम नगरपालिका वडा नम्वर एकका वडाअध्यक्ष अम्बिका गौतम, पोलिटेक्निकका प्रमुख होमनाथ अधिकारी र बैंकका शाखा रहित बैंकिङ सेवाका प्रमुख विकानस श्रेष्ठले उद्घाटन गरेका हुन् ।

बैंकको सो सेवाबाट स्थानियले घरमा नै सुविधा पाएको महशुस गर्ने वडाअध्यक्ष गौतमले वताए । उनले अझ गाउँगाउँमा गएर  सेवा विस्तार गर्न बैंकलाई आग्रह समेत गरे ।

त्यस्तै पोलिटेक्निकका प्रमुख अधिकारीले विद्यार्थीहरुले पैसा भिक्न भन्दै कक्षा नै छोड्ने गरेको वताउँदै सवैभन्दा वढि राहत आफुहरुलाई भएको वताए ।

कार्यक्रममा इलाममा स्थापना भएको सो सेवा पहिलो भएको भएको सेवा प्रमुख श्रेष्ठले वताए । उनले नेपालमा यस्ता सेवा २८ स्थानमा स्थापना भइसकेको जनाउँदै अझ गाउँगाउँमा जान प्रेरणा मिलेको वताएका छन् । शाखा रहित सेवाबाट दैनिक दुई लाखसम्म वचत र एक लाख सम्म निकाल्न मिल्ने उनले वताए । सेवाका बारेमा उनले उपस्थितलाई जानकारी गराएका थिए । कार्यक्रममा माछापुछ्रे बैंक इलामका प्रमुख गोविन्द श्रेष्ठले सेवामार्फत सम्पुर्ण सेवा उपलब्ध हुने वताएका थिए । उनले देशभर माछापुछ्रे बैकका देशभर ८६ वटा शाखा रहेको जानकारी दिए ।

कार्यक्रममा इनपा एक नम्वर वडाका वडा सदस्य टेकबहादुर कट्वाल, बैंकका भवानी ढकाल लगायतले मन्तब्य राखेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार