मर्चवारमा २७ जनाले दिए रगत

  दीपक घिमिरे
0 Shares

मर्चवार : रोटरी क्लव अफ सेन्टर लुम्बिनीले रुपन्देहीको मर्चवारमा गएर रक्तदान कार्यक्रम गर्दै रक्तदानका लागि उत्प्रेरण जगाएको छ ।

रुपन्देहीको बिकेट क्षेत्र भनेर चिनिने मर्चवारमा रक्तदान गरे बिरामी भईन्छ भन्दै रक्तदान गर्न नमान्ने मर्चवारवासीलाई त्यसबारे जानकारी दिदै उत्प्रेरण प्रदान गरेको छ । क्लवले मर्चवारको कोटईमाई गाँउपालिका मझगावामा गएर रक्तदान कार्यक्रम गरेको हो ।

रगतको अभावका कारण थुप्रैले ज्यान गुमाईरहेको मर्चवारमा त्यस क्षेत्रका नागरिक रक्तदान गर्नबाट डराउदै आएका थिए । रक्तदान गरे बिरामी भईने, कमजोर भई काम गर्न नसकिने, थकाई लाग्ने भन्दै त्याहाका स्थानिय रगत दान गर्न नमानिरहेका बेला उनीहरुलाई सम्झाई बुझाई रक्तदान गर्न प्रेरित गरेको क्लवका अध्यक्ष कृष्ण पाण्डेले जानकारी दिए ।

उनले आफुहरुले रक्तदान बारे जानकारी दिएपछि १२ जना स्थानिय सहित २७ जनाले रक्तदान गरेको बताए । ‘शुरुमा हामी गएर रक्तदान कार्यक्रम हो, रक्तदान गरौ भनेर स्थानियलाई भन्दा त यहाँ कसैले रक्तदान गर्दैनन् भनेर भन्दा केहि हतोत्साहित भयौ’ अध्यक्ष पाण्डेले भने– ‘पछि सम्झाई बुझाई गरेपछि भो रगत दान गर्न अग्रसर भए ।’

स्थानिय क्लवले कहिले काँहि त्यस क्षेत्रमा रक्तदान गरेपनि अन्य सामाजिक संघसस्थाले भने रक्तदान कार्यक्रम गर्न नसकेको बताउदै रोटरीले पहिलो पटक मर्चवारमा गएर रत्तदान गरेको उनले बताए ।

रोट¥याक्ट क्लव अफ सेन्टर लुम्बिनीको समन्वयमा भएको रक्तदान कार्यक्रममा बोल्दै राटरी ईन्टरनेश्नल ३२१२ नेपाल भुटानका आईसिएम चेयर सन्तोष रिजालले रोटरीले आफ्ना कायर्यक्रम शहरमा मात्रै नभई गाँउ केन्द्रित पनि बनाउनु पर्नेमा जोड दिए । उनले ग्रामणि भेगमा शहरमा भन्दा कम भाग्यशालिहरु रहेको उल्लेख गर्दै आफ्ना कार्यक्रमलाई पनि गाँउमा पनि केन्द्रीत गर्न आग्रह गरे ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार