इलाम नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खाम्याहाङ सम्मानित

इलाम नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेन्द्रकुमार खाम्याहाङलाई सम्मान गर्दै महिला जागरण संघकी अध्यक्ष विष्णु दाहाल र सम्मान ग्रहण गर्दै खाम्याहाङ । तस्वीर सौजन्य : सुदिप श्रेष्ठ ।


इलाम : इलाम नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेन्द्रकुमार खाम्याहाङ सम्मानित भएका छन् । निजामति सेवा दिवसको अवसर पारेर महिला जागरण संघ इलामले खाम्याहाङलाई सम्मान गरेको हो ।

इलाम नगरपालिकाको कर्मचारी र प्रशासनलाई चुस्त दुरुस्त राखेको तथा इलाम नगरपालिकाका खानेपानी समस्यालाई व्यवस्थापन गरेको भन्दै इलाममा शुक्रबार आयोजित एक कार्यक्रमविच महिला जागरण संघले खाम्याहाङलाई कदरपत्र प्रदान गरि सम्मान गरेको हो ।

कदरपत्रमा भनिएको छ, ‘अब्यवस्थित कर्मचारी, भ्रष्टचार, अपारदर्शीताले गाजिरहेको इलाम नगरपालिका कार्यालयलाई आफ्नो कार्यकालमा अनुशासित कर्मचारी, नतिजामुखी प्रशासन बनाउन, इलाम नगरपालिकालाई ऋणमुक्त गरि जनउत्तरदायी प्रशासन बनाउन र इलाम नगरपालिकाको खानेपानी समस्यालाई ब्यवस्थित गरि इलाम नगरलाई समृद्धितर्फ लैजान महत्वपूर्ण भुमिका निर्वाह गर्नुभएकोले इलाम नगरबासीको तर्फबाट निजामति सेवा दिवसको अवसरमा सम्मानपूर्वक यो कदरपत्र प्रदान गरिएको छ ।’

महिला जागरण संघ इलामका अध्यक्ष विष्णु दहालले खाम्याहाङलाई कदरपत्र प्रदान गरिन् । कार्यक्रममा बोल्दै खाम्याहाङले जनस्तरबाट प्राप्त गरेको सम्मानले उनलाई थप उर्जा प्रदान गरेको बताए । २०६६ सालमानै निजामति सेवा दिवसका अवसरमा सरकारबाट सम्मानित भईसकेका खाम्याहाङले जनताले दिएको सम्मान अझ महत्वपूर्ण हुने बताए । सम्मान कार्यक्रमपछि संघले आयोजना गरेको तीज विशेष कार्यक्रममा समेत खाम्याहाङ सहभागी भए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार