बगैँचा गजल :  एक दर्जन बढि साहित्य

इलाम : विभिन्न जिल्लाबाट आएका साहित्यीक श्रष्ठाहरुले इलाम सदरमुकाममा शुक्रबार विभिन्न रसका साहित्य सुनाए । कसैले हाँस्य, ब्यंग त कसैले माया प्रेममा आधारित भएर साहित्य प्रस्तुत गरे । बगैँचा रेष्टुरेन्टमा कार्यक्रम भएकाले ‘बगैँचा गजल’ नाम दिइएको थियो । कार्यक्रममा १४ जना साहित्यकारहरुलाई सृजना सुनाउने अवसर मिल्यो । इलाम बाहिरका ११ अनी इलामका शिशिर भट्टराई, प्रवेश निशेष र प्रतिभा पौडेलले साहित्य पस्किए ।

शिशिरका गजलका शेरले पाहुनालाई स्वागत पनि भयो । शेर यस्तो थियो ।

रिसाएर घुम्न आउ हसाउँछ इलामले

फकाएर घरजम यतै बसाउँछ इलामले’

उनका यि गजलसँगै इलाममा उपस्थित भएकाहरुले तालिले सवैलाई स्वागत पनि गरे ।  इलामको फरक आयाम र भानु प्रतिभा सरक्षण तथा साहित्य समिति इलामले संयोजन गरेको कार्यक्रममा लोकेन्द्र बञ्जरा, सुमन समारिका संगिता थापा, प्रदिप रोधन, इश्वर दहाल लगायतले सृजना प्रस्तुत गरेका थिए ।

साहित्यीक कार्यक्रमकै लागि पाँचथरको फिदिम तर्फ लागेका पाहुनाको स्वागत सँगै साहित्य सुन्न पाउँदा इलामका साहित्यकारहरु पनि खुसी थिए ।

टीका आत्रेयका छन्दमा रहेको गजल निकै मार्किक थियो । उनले साहित्य प्रस्तुत गर्दा धेरैले वाह, वाह दिए अनी मौन समर्थन पनि जनाए । उनका गजलका दुइ शेर यस्ता थिए ।

‘दुखे आज साँच्चै पुरानान कुराले

रहर बुझ्न थाले फुटेका चुराले ।

नआए हुने हुनेथ्यो कुनै चाडपर्व

बुबा खोज्न थाले मसिना भुराले ।’

इलाममा आएर साहित्य बाचन गरेकोमा कवि बिमल बैद्यले सवैलाई धन्यवाद पनि दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार