स्वावलम्बी बन्दै आमाहरु

माईजोगमाई : इलामको माईजोगमाई गाउँपालिका वडा नम्बर ६ स्वास्थ्य प्राथमिक सेवा केन्द्रमा १८ जना महिला स्वयंसेवीका रहेका छन् । तिनै स्वयंसेवकाहरुले आआफ्नो टोलमा आमा बचत समूह खोलेका छन् । यो बचत आमा समूहले धेरै आमाहरुको जीवनयापनलाई सरल बनाउँदै लगिरहेका छन्  ।

मासिक बचत गर्ने र आमाहरुको बारेमा छलफल गर्ने गरेको पनि ३ वर्ष पुगेको मखमली आमा समुहका अध्यक्ष कृष्ण राई बताउँछिन् । यो समूहमा २१ जना आमाहरु मिलेर मासिक ५० रुपैयाँ बचत गर्दागर्दै ६ लाख पुगिसकेको छ । आमाहरुको जीवनस्तर उकास्न र आगामी दिनमा आमा बन्नेहरुको लागि महँगो ब्याजमा दिनरात साहु गुहार्न नपरोस् भन्नका लागि यो आमा बचत समूह गठन गर्नु परेको स्वयंसेवीका मित्रकुमारी थेवे बताउँछिन् ।

माईजोगमाई ६ मा मात्र १८ आमा समूह रहेको छ । स्वयंसेवीकाको रोहभरमा चलेको कारण सबै आमा समूह राम्ररी चलेको स्वयंसेवीकाहरु बताउँछन् । उसो त थोरै ब्याजमा महिना दिन पैसा चलाउनु पाउने भएकोले पनि आमाहरु यो समूहप्रति आकर्षित बन्दै गइरहेका छन् । आमा समूहमा आआफ्नो स्वास्थ्य र घरव्यवहारको बारेमा निर्धक्क छलपल गर्ने र पैसा कसरी सहि सदुपयोग गर्ने भन्ने बारेमा बहस हुने भएकोले पनि अहिले आमाहरु आर्थिक कारोबारबारे चलाख हुँदै गइरहेका छन् । यहि समूहमा महिनै पिच्छेको छलफलले जुनसुकै ठाउँमा निर्धक्क आफ्नो कुरा राख्न सक्ने भएका छ्न् ।

त्यसो त उनीहरु कति हजारको कति रुपैयाँ ब्याज पाक्छ भनेर क्यालेन्डर भन्दा छिटो हिसाब निकाल्न सक्ने भइसेका छन् । यहि आमा बचत समूहले गर्दा आमाहरु सफा र स्वास्थ्य भएर हिँड्न समेत थालेका छन् । आफ्नो समूहबाट ल्याएको रकमले कसैले नयाँ व्यवसाय थालेका छ्न् त कसैले केहि रुपैयाँ अलि धेरै रुपैयाँमा ब्याजमा गाउँमा लगानी गरिरहेका छन् ।

त्यसैले अहिले पुरुषहरु पनि सापटी वा ब्याजमा पैसा आमा समूहका सदस्यहरुलाई मात्र नै माग्न थालेका छन् । विश्‍वासी र भरपर्दो भएकाले आमाहरुलाई सापटी पैसा माग्‍ने गरेको पुरुषहरु बताउँछ्न् । माईजोगमाईका दिलमाया राई विगतमा आफूलाई पैसाको समस्या पर्दा हारगुहार गरेर महँगो ब्याजमा साहुको घरमा ऋण काढ्न परेको दुखेसो सुनाउँदै अहिले आफ्नो समस्या बुझिदिने आमा बचत समूह बनेको बताउँछिन् । आवस्यक परेको खण्डमा पैसाको अभाव नहुने र समूहमा आपसी समझदारीमा आलोपालो मिलेर पैसा चलाउन सकिने उनको कथन छ । प्राय धेरै आमाहरु बच्चा पाउन नसकेर अन्त अस्पताल लाँदा सधैं जस्तो दिनरात पैसा खोज्नुपर्ने दिन समेत गएको अर्का स्वयंसेवीका मविका राई बताउँछिन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार