चट्याङ लागेर इलाममा एकको ज्यान गयो, दुई घाइते

  नयाँ बुलन्द
0 Shares

इलाम : वर्षासँगै परेको चट्याङ लागेर इलाममा एक जनाको ज्यान गएको छ । दुई जना घाइते भएका छन् ।

मंगलबार साँझ साढे ६ बजे परेको चट्याङले लागेर इलामको माई नगरपालिका ६ की २७ वर्षीया कुमारी योङहाङको ज्यान गएको छ ।चट्याङले लगारे घाईते भएकी योङहाङलाई स्थानीय क्लिनिकमा उपचार गराउँदा गराउँदै राति ९ बजे ज्यान गएको प्रहीले जनाएको छ ।

त्यस्तै सोही चट्याङ लागेर छिमेकीहरु २२ वर्षीया माया लिम्बू र २२ वर्षीया पवित्रा लिम्बू घाईते भएका छन् । उनीहरुको झापाको दमकस्थित लाईफ लाईन अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार