सनमद्वारा उपचारका लागि सहयोगको याचना

  नयाँ बुलन्द
0 Shares

इलाम : दुवै मृगौला फेल भएर जीवनसँग संघर्ष गरिरहेका इलामका एक युवाले उपचारका लागि सहयोगको याचना गरेका छन् । इलाम नगरपालिका ८ का २५ वर्षीय सनम तामाङले आफूलाई बचाउन सहयोगको याचना गरेका छन् ।

सनमले आफ्नो उपचारमा सहयोग गर्न सरकारी निकाय, गैरसरकारी संस्था, शिक्षक, विद्यार्थी, व्यापारी, समाजसेवी, नागरिक समाज, पत्रकार एवम् मानव अधिकारकर्मी लगायतलाई आग्रह गरेका छन् ।

उनले राष्ट्रिय वाणिज्य बैंकको हिसाब नम्बर २४६००००००१०६ मा रकम जम्मा गरी सहयोग गरिदिन आग्रह गरेका छन् । विराटनगरस्थित नोवेल अस्पतालमा उपचार गराईरहेको उनले थप उपचारका लागि आर्थिक समस्या भएको भन्दै सहयोगको याचना गरेका हुन् ।

करिब डेढ वर्ष अघिदेखि मृगौला रोगबाट ग्रस्त उनको उपचारको क्रममा हालसम्म १५ लाख रुपैया“ खर्च भईसकेको आमा हर्कमाया तामाङले बताईन् । यसअघि सनमको उपचार काठमाडौं टिचिङ अस्पतालमा भएको परिवारले जनाएको छ । अझ कति रकम लाग्ने भन्ने यकिन अस्पतालले समेत नगरको तामाङले बताईन् ।

घरको जायजेथा, साहुको ऋण र आफन्तहरुको सहयोगबाट जुटेको १५ लाख रुपैयाँ छोराको उपचारमै सकिएको बताउँदै आमा हर्कमाया भन्छिन्, ‘हामीसँग अहिले एक रुपैयाँ छैन । दुःखजिलो गरेर खाने हामीले यत्रो पैसा कहाँबाट जुटाउनु, कतैबाट सहयोग जुटाउन सकिए छोराको उपचार गराउन सकिने थियो ।’

सनमको अहिले ४/४ दिनको अन्तरालमा मृगौलाको डायलिसिस भइरहेको छ । त्यसका लागि इलामबाट धाउन समेत आर्थिक भावका कारण समस्या छ । ‘सातामा दुईपटक विराटनगर जानुपर्छ । गाडी भाडा समेत छैन’ सनमकी आमा हर्कमायाले भनिन्, ‘विराटनगरमा नै डेरा लिएर बस्ने स्थिती त झनै छैन। तपाईहरुले सहयोग गरिदिनु पर्यो ।’

सनम दुई वर्षअघि वैदेशकि रोजगारीका लागि कतार गएका थिए । कतारमा रहँदा विरामी भएपछि ७ महिनामा नै नेपाल फर्किएका थिए । नेपाल आएपछि उपचारका क्रममा मात्र मृगौला फेल भएको थाहा भएको आमा हर्कमायाले बताईन् । ७ जनाको परिवार रहेको सनमका बाबु मजदुरी गर्छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार