समाजवादी विद्यार्थी फोरम चौदण्डीगढीमा राई

  नयाँ बुलन्द
0 Shares

उदयपुर : समाजवादी विद्यार्थी फोरम नेपालको उदयपुर चौदण्डीगढी नगर समिति देविका राईको अध्यक्षतामा  गठन भएको छ ।

३० सदस्यीय समितिको उपाध्यक्षमा उपाध्यक्षमा योगेश राना मगर, सचिवमा निशा राई, सहसचिवमा विशाल विष्ट र कोषाध्यक्षमा शुसन राई चयन भएका छन् ।

सदस्यहरुमा अनिश राई, विश्वराज राई, शुसील राई, समिक्षा राई, प्रियंका राई, सदिक्षा राई, ममता राई लगायत रहेका छन् ।

नवनिर्वाचित समितिका पदाधिकारी तथा सदस्यहरुलाई समाजवादी विद्यार्थी फोरका केन्द्रीय सदस्य अञ्जिल राईले सपथ ग्रहण गराएका थिए ।

 समाजवादी विद्यार्थी फोरमले केन्द्रीय महाधिवेशनको तयारी गर्दै हाल प्रदेश, जिल्ला र स्थानीय तह स्तरीय कमिटीहरु गठन तथा पुनर्गठन कार्क्रमलाई तीब्र पारेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार