इलाम : संघीय समाजवादी फोरम नेपालको पेशागत संगठन मधेसी स्वास्थ्यकर्मी फोरमको इलाम जिल्ला समिति गठन भएको छ ।
शनिबार संघीय समाजवादी फोरम नेपाल इलामको कार्यालयमा भएको स्वास्थ्यकर्मीहरुको भेलाले कासीराम यादवको अध्यक्षतामा १२ सदस्यीय मधेसी स्वास्थ्यकर्मी फोरम जिल्ला समिति गठन भएको हो ।
समितिका उपाध्यक्षमा राजकुमार शाह, अम्बीका काफ्ले (बस्नेत) र मनोजकुमार यादव तथा सचिवमा गजेन्द्र यादव चयन भएका छन् ।
सदस्यहरुमा लालबहादुर राउत, हरीनारायण यादव, विनेश्वर यादव, धनबहादुर पाख्रिन, शिवनाथ यादव, इन्दल महतो र शैलेन्द्र यादव रहेका छन् ।
कार्यक्रम मधेसी स्वास्थ्यकर्मी फोरम जिल्ला संयोजक गजेन्द्र यादवको अध्यक्षता र केन्द्रीय महासचिव कृष्णलाल यादवको प्रमुख आतिथ्यतामा भएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव यादवले स्वास्थ्य क्षेत्रमा व्याप्त वेतिथीको अन्त्य गरी नौलो परिवर्तन गर्न आफूहरु लागिपरेको बताए । ‘हामीले जनताको आधारभूत स्वास्थ्य सेवा पाउने अधिकार प्रत्याभूति हुनुपर्छ भनेका छौं’ महासचिव यादवले भने ‘योग्यता, क्षमता, कार्यकुशलता र इमान्दरीताका आधारमा मात्र सरुवा बढुवा गरिनुपर्छ । आर्थिक लेनदेनको अन्त्य हुनुपर्छ ।’
कार्यक्रममा मधेसी स्वास्थ्यकर्मी फोरमका प्रदेश संयोजक हरीशंकरप्रसाद शाह, संघीय समाजवादी फोरम इलामका अध्यक्ष कमल चाम्लिङ, उपाध्यक्ष डिवी इलामले, सचिव यामप्रसाद लिम्बू, संघीय समाजवादी महिला फोरम इलामकी उपाध्यक्ष तेजू चेम्जोङलगायतले शुभकामना मन्तव्य राखेका थिए ।