जागृती क्लब इटहरी सेमीफाइलन प्रवेश

ताप्लेजुङ : ताप्लेजुङमा जारी पाथीभरा गोल्डकपको मंगलवार भएको क्वाटर फाईनल खेलमा राष्ट्रिय जागृती क्लव इटहरीले युनाइटेड खर्साङ फुटवल क्लव दार्जििलङ हराउदै ईटहरी सेमीफाईनलमा प्रवेश गरेको हो ।

निर्धारित समय गोलरहित वरावरीमा सकिएपछि खेलको निर्णय ट्राइब्रेकरबाट गरिएको थियो इटहरीले दार्जि्लिङलाई ट्राईब्रेकरमा ३–० गोलले पराजित गदै सेमिफाईनलमा प्रवेश गरेका हो ।

सुरुवाती ३ वटै प्रहार इटहरीले गोल गर्यो । तर दार्जि्लिङका सुरुवाती २ वटा पेनाल्टी इटहरीका गोलकिपर दिपेश चौधरीले छेकेपछि दार्जिलिङ क्वाटर फाईनल खेलबाटै बाहिरिएको होे । इटहरीका तर्फबाट रमेश राजवंशी, दिपेन तामाङ र उमेश कार्कीले गोल गरेका थिए । राजीव प्रधान र प्रेम प्रधानको प्रहार इटहरीको गोल किपर दिपेश चौधरीले उत्कृष्ट बचाउ गरेका थिए ।

गोलकिपर चौधरी म्यान अफ दि म्याच बनेका छन । यसैबिच बुधबार दिउसो २ बजे एम्ब्रोज क्लब मोरङ र चर्च व्वाइज क्लब काठमाडौबिच हुने भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार