प्रदेश नम्बर १ को नाम लिम्बुवान : अध्यक्ष लिङ्देन

  नयाँ बुलन्द
0 Shares

विराटनगर : संघीय लोकतान्त्रिक राष्ट्रिय मंञ्च संघीय लिम्बुवान मञ्चका अध्यक्ष कुमार लिङदेनले प्रदेश २ को नामाङकरण पछि मात्र प्रदेश १ को नामाङ्करण हुनुपर्ने बताएका छन् ।

लिम्बुवाले सोमबार प्रदेशसभा सचिवालय अगाडि आयोजना गरेको धर्ना कार्यक्रमपछि कोण सभालाई सम्बोधन गर्दै लिङदेनले प्रदेश २ को नामाङकनपछि मात्र प्रदेश १ को नामाङकन गर्नुपर्ने माग राखे । उनले प्रदेश १ को नाम पहिचानका आधारमा लिम्बुवान राखिनुपर्ने माग गर्दै पहिचान मेटाउने कोशी र सगरमाथा जस्ता नाम राखे लिम्बुवानबासी जनतालाई स्वीकार्य नहुने बताए । उनले लिम्बुवान नभए आन्दोलनले लिम्बुवान घोषणा गर्ने चेतावनी दिए ।

‘प्रदेशको नाम यहाँको सांस्कृतिक पहिचानको आधारमा राखिनुपर्छ । तमुवान र मगरातको टाउको काटेर गण्डकी बनाइयो । तर हामी त्यस्तो किमार्थ स्वीकार्दैनौं’ लिङदेनले भने ‘यदि हाम्रो पहिचानलाई नामेट गर्ने कार्य भयो भने हामी प्रदेश सरकार कब्जा गरेर लिम्बुवान घोषाणा गर्छौं ।’

उनले प्रदेश २ मा नामको विषयमा कुनै वहस नभएको बताउँदै प्रदेश १ मा नामाङकनको विषयमा हतारो गउन नहुने बताए । ‘त्यत्रो शहिद भएको मधेसमा नामो विषयमा हतारो छैन । यहाँ चाँही केको हुटहुटी ?’ लिङदेनको प्रश्न थियो ।

कोणसभाअघि प्रदेश १ को नाम लिम्बुवान प्रदेश राख्नुपर्ने माग गर्दै लिम्बुवानका कार्यकर्ताहरुले विराटनगरमा प्रदर्शन गरेका थिए् । पूर्वका विभिन्न जिल्लाबाट आएका हजारौं कार्यकर्ताहरुले प्रदेशसभा सचिवालय अगाडि प्रदर्शन गर्दै मुख्यमन्त्री शेरधन राईको राजीनामा समेत माग गरेका थिए । उनीहरु बजारमा मार्चपास गर्दै अस्पताल रोड पुगेका थिए । सुरक्षाकर्मीहरुले उनीहरुलाई अस्पताल मोडमै रोकेका थिए ।

प्रदर्शनमा सहभागीहरुले प्रदेश १ को नाम लिम्बुवान राख्नुपर्ने, बढ्दो महँगी रोक्नुपर्ने र प्रमुख जिल्ला अधिकारीले समेत नटेर्ने मुख्यमन्त्री शेरधन राईले राजीनामा दिनुपर्ने माग गरेका थिए ।

यसअघि किरात राईहरुले प्रदेश १ को नाम किरात राख्नुपर्ने माग गर्दै आएका थिए । प्रदेश १ को नामाङकनमा सम्बनधमा विभिन्न माग उठिरहेका छन् । खासगरी पहिचान पक्षाधर राजनीतक दल र विभन्न जातीय संस्थाहरुले पहिचानका आधारमा नामाङ्कनको माग गर्दै आएका छन् । उनीहरुमध्ये कितपयले किरात प्रदेश, लिम्बुवान प्रदेश, किरात-लिम्बुवान प्रदेश, लिम्बुवान-किरात प्रदेश नामाङ्कन हुनपर्ने बताउँदै आएका छन् ।

उता नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र नेपाली कांग्रेसले भने प्रदेश १ को नाम कोशी वा सगरमाथा बनाउनुपर्ने बताउँदै आएका छन् ।

संघीय लिम्बुवानले भने एक दशकभन्दा अघिदेखि नै अरुणपूर्व  नौ जिल्ला लिम्बुवान प्रदेशको माग गर्दै आन्दालनरत छ । संविधानमा १४ जिल्ला १ नम्बर प्रदेश भएपछि लिम्बुवान झनै आन्दोलित छ । उसले प्रदेशको पुनर्सीमाङकन गरी लिम्बुवान र किरात/खम्बुवान प्रदेश बनाउनुपर्ने माग गर्दै आएको छ । लिम्बुवान आन्दोलनको क्रममा दुई जना शहिद समेत भएका छन् ।

प्रदेशसभा गठन भएको ८ महिना वितिसक्दा समेत नामाङ्कन र स्थायी राजधानी तोक्न सकेको छैन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार