अमर ट्रुपका ४९ जना विद्यार्थीहरुलाई दीक्षान्त

  नयाँ बुलन्द
0 Shares

इलाम : इलाम नगरपालिका ५ बरबोटेस्थित अमर माध्यमिक विद्यालय स्काउट दल समिति अन्तर्गत अमर ट्रुपका ४९ जना विद्यार्थीहरुलाई दीक्षान्त समारोह शुक्रबार सम्पन्न भएको छ ।

स्वंयसेवी, जीवनउपयोगी, निस्वार्थी भावना भएका स्काउट विद्यार्थीहरुलाई आधारभूत पाठ्यक्रम पूरा गरेपछि दिक्षान्त दिएइको हो । स्काउट जिल्ला आयुक्त कृष्णकुमार घलेको उपस्थितीमा दीक्षान्त गरिएको हो ।

प्रधानाध्यापक तथा दल समितिका अध्यक्ष सोमनाथ निरौलाको अध्यक्षता तथा शिक्षा विकास तथा समन्वय इकाई इलामका प्रमुख होमनाथ भण्डारीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा विभिन्न सांस्कृतिक झाँकीहरु समेत सञ्चालन गरिएको थियो ।

कार्यक्रममा सहायक प्रधानाध्यापक जयनारायण भट्टराइ, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष  गोविन्दप्रसाद पौडेल लगायतले समेत शुभकाममा व्यक्त गरेका थिए ।  कार्यक्रमको सञ्चालन स्काउट शिक्षक अर्जुन शर्माले गरेका थिए । कार्यक्रममा छिमेकी स्काउट शिक्षकहरुको समेत उपस्थिती रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार