काठमाडौं : निर्मला पन्त हत्या प्रकरणले चर्किएको आन्दोलनले हिंसाको रुप लिएपछि कञ्चनपुरमा अनिश्चितकालीन कर्फ्यू जारी रहेको छ ।
कञ्चनपुर जिल्ला प्रशासन कार्यालयले कर्फ्यु आदेश जारी गर्दै सर्वसाधारणलाई घर बाहिर आवतजावत नगर्न आग्रह गरेको छ । घटनाको अनुसन्धानका लागि बनाइएको टोली अहिलेसम्म घटना स्थलमा पुग्न सकेको छैन । टोलीले सहजिकरणका लागी स्थानीयलार्इ आग्रह गरेको छ ।
आक्रोशित स्थानीयले भिमत्तद नगरपालिकाका मेयर सुरेन्द्र विष्टको घरमा शुक्रबार साँझ तोडफोड समेत गरेका थिए । महेन्द्रनगर बजार पुनःतनाव ग्रस्त बनेको छ ।
कर्फ्यु शुक्रबार ८ बजेदेखि जारी गरिएको जिल्ला प्रहरी कार्यलयले जनाएको छ । शुक्रबार भएको प्रहरी र प्रदर्शनकारीको झडपमा एक जना प्रदर्शनकारीको मृत्यु भएको छ भने २५ जना घाइते भएका छन् । घाइते मध्य ५ जना जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।