सार्वजनिक मुर्दाघाट निर्माणमा जुट्दै स्थानीय

सूर्योदय : सूर्योदय नगरपालिकास्थित कन्याममा स्थानीय अाफ्नै पहल र प्रयासमा सार्बजनिक मुर्दाघाट निर्माणमा जुटेका छन् ।

तामाङ जातिको बाहुल्य रहेको यस क्षेत्रमा जातीय र धार्मिक मान्यता भन्दामाथि उठि सबै जात जाती मिलेर सार्वजनिक घाट निर्माण गर्न लागिएको छ । घाट निर्माणको लागि कमेरे खोलामा रहेको अाधा रोपनी रत्नबहाुर तामाङ र अाधा रोपनी स्वर्गीय डिल्लीबहादुर तामाङको नाममा रहेको जग्गा भूमि दान स्वरूप निर्माण समितिलाई दिईसकेको र थप अाधा रोपनी खरिद गरिएको बताईएको छ ।

मुर्दा घाट निर्माण कार्य सम्पन्न गर्नको लागि चन्द्रबहादुर मोक्तानको अध्यक्षता ११ सदस्यीय तदर्थ समिति गठन गरिएको छ । पहिले तामाङ जातिको लागि मात्रै मुर्दा घाट निर्माण गर्ने सोच गरिएकोमा पछि सबै जात जाति लाई समेटिएको र प्रत्येक घरधुरीबाट ५ हजार रुपैयाँ दरले रकम संकलन गर्न लागिएको समितिका सचिव चोम्देन ग्यावकले बताए ।

यसरी सबै जात जाति मिलेर गरिन लागेको यस कार्यले अापसी जातीय सदभाव र धार्मिक सहिष्णुता अझै दर्बिलो बन्ने स्थानीय विश्वास छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार